डा. केसीको उपचारका लागि वीर अस्पतालबाट दुई जना डाक्टर जुम्ला जाँदै

276
Shares

काठमाडौँ, २० असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हेर्न तथा उपचारमा सहयोग पुरयाउन सरकारले वीर अस्पतालका दुई जना डाक्टरलाई जुम्ला पठाएको छ । उनीहरु भोलि विहान ६ बजेको उडानबाट त्यस तर्फ प्रस्थान गर्नेछन् ।

जुम्ला जाने डाक्टरहरुमा बरिष्ठ फिजिसियन डा. जीवन थापा र बरिष्ठ एनेस्थेसिष्ट एण्ड क्रिटिकल युनिटका डा. सुवास रेग्मी छन् । उनीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वयं डा केसीसंग समन्वय गरी उनको स्वास्थ्यको ख्याल गर्नेछन् ।

‘स्वास्थ्य मन्त्रालयको निर्देशन पछि हामीकहाँबाट दुई जना डाक्टर त्यसतर्फ लाग्नुभएको छ,’ वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले डा. केसीको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यान दिदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र काठमाडौबाट डाक्टर समेत खटाइएको बताइन । उनले भनिन्, ‘प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्ले ज्यूले थप उपचार सहयोगका लागि हामीलाई भन्नुभयो । र हामीले चिकित्सक पठाउने निर्णय गरेका छौँ ।’

त्यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले संसदको बैठकमा डा. केसीको स्वास्थ्य प्रति सरकार सम्वेदनशील रहेको बताएका थिए । उनले डाक्टरहरुलाई स्वास्थ्य मन्त्रालयले पठाउँदै गरेको । डा. केसीलाई उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको सदनलाई जानकारी गराएका थिए ।

विपक्षी सांसदहरुले भने आज विशेष समयमा डा. गोविन्द केसीको स्वास्थ्यका विषय लिएर सरकारको चर्को आलोचना गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *