पोखरामा रक्तचाप नाप्दै जन स्वास्थ्यका युवाहरु

पोखरा, २६ बैशाख । जनस्वास्थ्य युवा समाज र नेपाल विकास समाजको आयोजनामा पोखराका विभिन्न स्थानहरुमा रक्तचाप मापन अभियान संचालन भएको छ।

उच्चरक्तचापको अवस्था र यसको नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्नु यस अभियानको प्रमुख लक्ष्य रहेको बताइएको छ ।
मंगलबार जनस्वास्थ्यकर्मीहरुको टोलीले विन्दबासिनी मन्दिर, तालवाराही मन्दिर, जनप्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविधालय, ग्राण्डी इण्टरनेशलन कलेज, इन्जिनियरि ङ्कलेजमा पुगेर रक्तचाप मापन तथा जनचेतना अभिबृद्धिको अभियान शुरु गरेका थिए ।

यो अभियान निरन्तर मे महिना भर संचालन गर्ने तथा अन्य संघसंस्थाहरुको थपसहयोग भएमा अरु स्थानहरु मा समेत संचलन गर्न सकिने जनस्वास्थ्य युवा समाज नेपालका कार्यवहाकअध्यक्ष शंकर सिह धामीले बताए ।

उनले भने‘’हामी अहिले सवै स्वत स्फुर्त रुपमा जनस्वास्थ्य विधार्थी साथीहरुको स्वयंसेवाबाट यो अभियान चलाएका छौँ, हाम्रो उदेश्य जनस्वास्थ्यका युवाहरुलाई अवसर दिने,,क्षमता अभिवृद्दि गर्दै स्वास्थ्य प्रवर्धन गर्न भएको हुँदा हामी हाम्रो विज्ञता परिचालन गर्दै सहयोगी संघ संस्थाहरुसँग सहकार्य गर्दै अभियान सफल वनाउन निरन्तर लागेका छौ।‘’

यस अघि वैशाख १९गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप मापन गरेर ‘मे महिनालाई रक्तचाप मापन महिना’ नेपाल २०१८अभियान सुरु गरिएको थियो।

नेपाल विकास समाज, त्रिवि शिक्षण अस्पताल स्वतन्त्र विद्यार्थी युनियन,लगाएत स्वास्थ्यका अन्य संगठनहरुले अभियान संयुक्त रुपमा सञ्चालन गरेका गरेका छन् ।

साइलेन्ट किलरका रुपमा परिभाषित गरिएको उच्चरक्तचापबारे समयमा नै जानाकारि गराइए र उच्चरक्तचापबाट हुने क्षतिन्यूनिकरण गर्न सहयोग पुग्नेछ।

 उच्चरक्तचाप बाट जोगिन निम्न कुराहरु ध्यान दिनुहोला  :

  • पोषण युक्त स्वास्थ्य खाना खाने, दैनिक ५ ग्राम भन्दा धेरै नुन सेवन नगर्ने, प्रशस्त मात्रामा तरकारी तथा फलफुलहरु सेवन गर्ने, वोसोयुक्त खानेकुराहरु नखाने
  • मदिरा पदार्थ सेवन नगर्ने
  • शारीरिक रुपमा सक्रिय रहने दैनिक ३० मिनेट व्यायम गर्ने
  • सुर्तिजन्य पदार्थ सेवन नगर्ने र सेवन गर्ने व्यक्तिबाट टाढा बस्ने
  • तनाव घटाउने योग व्यायम आदि गरेर शरीरलाई हुनसक्ने तनावहरु घटाउने।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *