शाखा प्रमुखसंग मन्त्रालयको ‘ब्रिफिङ’ लिदै स्वास्थ्य राज्यमन्त्री अर्याल

244
Shares

काठमाडौँ, ९ चैत ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयको अवस्था र कामका गतिविधिबारे जानकारी लिएकी छन् । बिहीबार अपरान्ह मन्त्रालय अन्तरगर्तका विभिन्न शाखाका प्रमुखलाई बोलाएर उनले जानकारी लिएकी हुन् ।

‘शाखा प्रमुख (उप सचिव)हरु लाई बोलाएर मन्त्रालयको काम कारबाहीबारे ब्रिफिङ लिनुभयो । हामीले भएका कामहरु गर्न लागेका कामहरु र समस्या भएका कामहरुका बारेमा जानकारी गरायौँ,’  मन्त्रीलाई ब्रिफिङ गराएका एक अधिकारीले भने ।

स्वास्थ्य मन्त्रीको टुंगो लाग्न ढिलाई हुँदै जाँदा स्वास्थ्य राज्यमन्त्रीले चासो देखाउन थालेकी हुन् । यसअघि चैत २ गते सरकार विस्तार हुँदै गर्दा स्वास्थ्य मन्त्रालयको जिम्मा संघीय समाजबादी फोरमलाई दिइने बताइएको थियो । अन्तिम समयमा फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री केपी ओलीले अर्याललाई राज्यमन्त्रीको रुपमा स्वास्थ्यमा पठाएका हुन् ।

त्यसो त यसअघिको गत बुधबारको मन्त्रिपरिषद बैठकमा समेत उनले स्वास्थ्य मन्त्रालयको तर्फबाट सहभागिता जनाएकी थिइन । तर उनलाई लिखित रुपमा मन्त्रिपरिषद्मा बस्ने अधिकार भने दिइएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *