कोहीलाई ‘एके – ४७’ ले तर्साउने, कसैलाई ‘देश छोड’ भन्दै थर्काउने
न्यूयोर्क टाइम्स । छ बर्ष पहिलेको कुरा हो । एके – ४७ मेसिनगन भिरेका एक दर्जन मानिसहरुको एउटा हतियारधारी समूह लाहोस, नाइजेरियाका बासिन्दा अकिनबोड अलुवाफेमीको घरमा पसे । हतियारधारी समूहले तत्कालै घरको सुरक्षा गार्ड र सालाको गोली हानी हत्या गरे ।
‘मलाई थाह छैन, मलाई तिनीहरुले किन मारेनन्,’ इन्भाइरोमेन्टल राईट एक्सन फ्रेन्डस अफ अर्थ नाइजेरियाका उपप्रमुख तथा नाइजेरियाका धूमपान विरोधी अभियानका प्रमुख समेत रहेका अलुवाफेमी ले बताए ।
गत हप्ता दक्षिण अफ्रिकाको केपटाउनमा भएको १७ औँ ‘वर्ल्ड टोवाको कन्फरेन्स’का उनी एक ‘एडभोकेट’ रहेका थिए । सो कार्यक्रममा उनले टेलिफोन मार्फत सूर्तिजन्य पदार्थ विरुद्धको काम गर्दा भएको धम्की र आक्रमणका फेहरिस्त सुनाए ।
उनले भने, ‘यस्ता कुनैपनि घटनाहरु गराउने व्यक्ति प्रमाणित हुन सकेनन् र त्यस्ता व्यक्तिहरुको सूर्ति उद्योगसंगको सम्वन्ध पनि प्रमाणित भएन । तर हरेक पटकका घटनाक्रमहरु भने नियमित थिए ।’
सुरुमा ति व्यक्तिहरुले सूर्तिजन्य पदार्थ विरुद्धको अभियानले सूर्ति उद्योग किसान र सरकारी प्रतिनिधीहरु बेखुस रहेको भन्दै धम्की दिन्थे । र धम्की दिदाँ समेत अटेरी गरी सूर्तिजन्य पदार्थ विरोधी गतिविधिमा सम्लग्न भएमा उनीहरुले अचानक आक्रमण समेत गर्ने गर्दथे ।
तत्काल देश छाड्न धम्की
यस्तै धम्कीका सामाना गर्ने अर्का व्यक्ति हुन् डा तारासिंह बम । सन् २०१२ को कुरा । ‘इन्टरनेशनल यूनियन एगेन्स्ट ट्युवरक्लोसिस एण्ड लङ्ग डिजिज’को क्षेत्रीय उपप्रमुख रहेका डा बमको कार्यस्थल इन्डोनेसिया राजधानीको जकार्ता थियो ।
एक दिन बाहिर निस्कदै गर्दा अनौठो पोष्टर देखे । वान्टेड लेखिएको सो पोष्टरमा आफू र अरु नौ जनाको तस्बिर राखिएको थियो र भनिएको थियो सूर्ति किसानका १० शत्रुहरु । ती १० जनामा इन्डोनेसियाका स्वास्थ्य मन्त्री समेत थिए ।
त्यसको करीब एक बर्ष हुनुपर्छ । डा. बम जकार्तास्थित आफ्नो अपार्टमेन्टमा बच्चा स्कुलमा पुरयाउन जाँदै थिए । अपार्टमेन्टको लवीमा अकस्मात एक अपरिचित व्यक्ति देखा परे ।
डा. बम भन्छन्, ‘उसले मेरो हात समायो र जतिसक्दो चाँडो इन्डोनेसिया छोड भन्दौ धम्की दियो । त्यसपछि उसले चुरोटको धुवा अनुहारमा फ्याक्यो । अकस्मात यस्तो घटना देखेका मेरा बच्चाहरु रुन थाले त्यसपछि त्यो व्यक्ति गयो ।’
गएको २ बर्ष अघि पनि फेसबुकमार्फत उनले सुर्ती उद्योगीहरुको धम्कीपूर्ण सन्देश पाएका थिए । सन्देशमा लेखिएको थियो, ‘हाम्रो सूर्तिजन्य पदार्थको विषयमा हस्तक्षेप तिम्रै गतिविधीका कारण यहाँ बाताबरण राम्रो भइरहेको छैन ।’
डा. बमले यस्तो सन्देश पठाउनेको खोजी गरे । तत्कालै पत्ता लाग्यो फेसबुकबाट धम्कीदिने ती व्यक्ति इन्डोनेसियाका सूर्ति उद्योगसंग आवद्ध रहेछन् ।
यता नाइजेरियाका अभियन्ता अलुवाफेनी आफूलाई आक्रमण गर्ने व्यक्तिहरु सूर्ती उद्योगमा काम गर्ने प्रमाणित नभएको बताउँछन् । तर उनको दावी भने तिनीहरु सूर्ति उद्योगसंग जोडिएका व्यक्तिहरु नै हुन भन्ने छ । किन ? ‘अलुवाफेमी भन्छन्, किनभने मेरा घरमा छिर्ने ती व्यक्तिहरु नाइजेरियाका गुण्डाहरुको तुलनामा निकै स्तरीय कपडा लगाएका र उच्चस्तरीय हतियार बोकेका थिए ।’
अलुवाफेमीको घर साधारण थियो । जवकी उनको घर वरिपरिका घरहरु स्तरीयमा स्तरीय मर्सिडिज बेन्ज गाडी सहितका थिए । यदि ती गुण्डाहरु नै भएको मेरो घरलाई उनीहरुले किन टार्गेट गर्ने थिए ? ओलावफेमी प्रश्न गर्छन ।
ती आक्रमणकारीहरुले त्यतिवेला ४ हजार डलर बच्चाको कडा र खाना लगे तर नयाँ टोयटाको कारलाई केही गरेनन् ।
गोली चलाउँदै गर्दा एक जना आफ्नै साथीलाई समेत परयो । र तत्कालै उनीहरु भागे । प्रहरीका अनुसार त्यतिवेला अलुवाफेमीको घरमा ७५ गोलीका खोकाहरु पाइएको थियो ।
अलुवाफेमीलाई पहिलो पटक सन् २०१० मा नाइजेरिया रेडियोमा सूर्तिजन्य उद्योगको विरोध गर्दा धम्की आएको थियो ।
दुई बर्ष अघि अफ्रिका इन्डेपेन्डेन्ट टेलिभिजनमा अन्तरबार्ता दिदै गर्दा पनि उनको साथीलाई ‘अलुवाफेमीलाई चुप गरा होइन भने हामी तत्कालै सिध्याइदिन्छौँ’ भन्दै धम्की दिएका थिए ।
घरमा आक्रमण भएपछि ओलुवाफेमी घर छाडे । तर उनले नाइजेरियन आर्मीले सुरक्षा दिने प्रस्ताव अस्विकार गरे । त्यसैगरी व्लुम्बर्ग फिलान्थ्रोपिक विल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनबा अमेरिका लैजाने प्रस्ताव पनि अस्विकार गरे । उनी भन्छन्, ‘मैले देश छाडेँ भने उनीहरुको जितेको ठहरिन्छ ।’
केपटाउनमा भएको १७ औँ वल्र्ड टोवाको कन्फेरेन्सलाई विश्व स्वास्थ्य संगठनका महासचिव डा टेड्रोस अधानाम घेब्रियसस, माइकल आर ब्लुम्बर्ग, डा आरोन मेटसोअलेडीले अगुवाई गरेका थिए ।