लमजुङमा टेलिमेडिसिन सेवा सञ्चालनमा आउँदै

76
Shares

बेसीशहर, ४ चैत । लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ। आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो।

जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताए।

जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको छ।
परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (एनसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *