पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला

पाल्पा, २३ फागुन । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेको ज्ञवालीले बताए ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हँुदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उनको भनाइ छ । जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



