पृथ्वी चन्द्र अस्पतालमा औषधालय सेवा सञ्चालनमा

28
Shares

नवलपरासी, २२ फागुन । स्थापना भएको करीव ८० वर्षपछि जिल्ला पृथ्वी चन्द्र अस्पतालमा औषधालय सेवा सञ्चालनमा आएको छ ।

अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार महिनाअघिदेखि औषधालय सेवा सञ्चालनमा आएको हो । सोअनुसार निःशुल्क र सशुल्क दुवै प्रकारका औषधि प्रदान गरिएको छ । सरकारले नियमानुसार उपलब्ध गराउने निःशुल्क औषधिको अभिलेख खडा गर्न भनिएको छ ।

सशुल्क उपलब्ध गराइने औषधि बाहिरको मूल्यभन्दा निकै सस्तोमा उपलब्ध गराइँदै आएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए। नाफामूलकभन्दा पनि सेवामूलक भावनाले औषधालय सेवा सञ्चालनमा ल्याइएको हो । श्रीवास्तवका अनुसार चौबीसै घण्टा बाहिरका औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराइने छ ।

अस्पतालभित्र औषधालय सेवा नभएका कारण बिरामीलाई औषधि लिनका अस्पताल बाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो । अस्पतालमा ५३ जनशक्तिको दरबन्दी भए पनि हाल २१ जना मात्रले काम चलाउनुपर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको छ । हालै मात्र ५० शय्याको क्षमता विस्तार भएको अस्पतालमा दिनहुँ करीव १५० बिरामी आउने गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *