मिर्गौलापीडितलाई रु एक लाख सहयोग

काठमाडौँ, १८ फागुन । जेठी श्रीमतीबाट परित्यक्त धादिङका मिर्गौला रोगी कृष्णबहादुर शाहीले उपचारका लागि सहयोग माग गरेका छन् ।
शाहीको दुःखको कुरा सुनेपछि रिपोर्टर्स क्लबमा अर्को कार्यक्रमका लागि आएका बौद्धधर्म गुरु स्याल्पो तेञ्जिङ रिम्पोछेले रु एक लाख सहयोग गर्ने घोषणा गरे । उनलाई हाल दिलमाया मगरले साथ दिएकी छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय शाही दुबईमा केही कमाइ गरेर स्वदेश फर्किएलगत्तै मिर्गौला रोगको शिकार भएका थिए ।
दश वर्षको बाल्यकालमा आमा गुमाएका शाहीका पिता पाँच वर्षदेखि मानसिक रोगबाट पीडित छन् । मिर्गौला रोगबाट पीडित भएपछि जेठी श्रीमतीले आफूले कमाएर ल्याएको रु पाँच लाख पनि लिएर भागिदिएको वेदना शाहीले सुनाए । शाहीलाई मिर्गौला रोग लागेको थाहा हुँदाहुँदै विवाह बन्धनमा बाँधिएकी दिलमायाले पत्रकार सम्मेलनमा भनिन्, “मैले उहाँ मिर्गौला रोगी भएको थाहा हुँदाहुँदै विवाह गरेकी हुँ । उहाँलाई बचाउन मेरो मिर्गौला दिन चाहन्छु तर उहाँको उपचारका लागि हामीसँग पैसा छैन ।”
शाहीको परिवारमा परेको पीडा सुनिसेका शनिबार आयोजना हुने बुद्ध बर्न इन लुम्बिनी कार्यक्रमका बौद्धधर्म गुरु स्याल्पो तेञ्जिङ रिम्पोछे भने, “शाहीको उपचारका लागि रु एक लाख सहयोग गर्छु ।” कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारी अस्पतालमा डायलाइसिस सेवा निःशुल्क गर्न तथा मिर्गौला प्रत्यारोपणका लागि पहल गरिने आश्वासन दिए ।
रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



