के हो मिर्गौलाको डायालाइसिस ?

फाइल : तस्विर

मिर्गौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनले गर्ने प्रकृया नै डायलासिस हो । मिर्गौलाले नियमित रुपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलासिस गरिन्छ । जव मिर्गौला अन्तिम समयसम्म अर्थात ५ देखी १० प्रतिशत मात्रै काम गर्ने अवस्थामा पुग्छ भने त्यतिवेला डायलासिस र प्रत्यारोपण दुवै गर्नुपर्छ ।

मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं  बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठ भन्छन्, डायलासिस भनेको शरीरमा भएको तरल पदार्थमा रहेका कणहरूलाई छान्ने प्रकृया हो । डायालासिसको लागि प्रयोग हुने मेसिन एक प्रकारको कृतिम मिर्गाैला नै हो ।

डायलासिस पनि दुईप्रकारको हुन्छ । पेरिटोनियल डायालाइसिस र हेमोडायालाइसिस ।

शरीरमा क्रियाटिनिन बढदै गएपछि त्यो मान्छेको दैनिक जिवनमा बाधा देखिन थाल्छ । राती सुत्न सक्दैन । रगतमा जम्मा भएका फोहर पदार्थ फाल्न सक्दैन भने त्यतिवेला डायलासिसको जरूरी पर्छ ।

डायालासिस गर्दा कृतिम मिगौला अर्थात मेसिनको सहायताले एकातिरबाट विरामीको रगत झिकिन्छ अर्कोतिर पानी हुन्छ । र बीचमा ल्याई छानेर शुद्ध रगत शरीरमै फिर्ता पठाइन्छ भने जम्मा भएका फोहरहरू फ्याकिन्छ ।

रगतमा भएको डायलासिस गर्दा करिब करीव ८ देखी १० पटक छानिन्छ । एकपटक डायलासिस गर्न चार घण्टा लाग्छ । सरकारले डायलासिस गर्नुपर्ने मिर्गौलाका विरामीलाई आजीवनरुपमा निशुल्क डायलासिसको व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *