एचआइभी/एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

52
Shares

लुसाका, २६ मङसिर । जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी/एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गरेका छन् ।

देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उनले सोमबार युवाहरुलाई आह्वान गरेका हुन्।

विश्व एड्स दिवसको अवसरमा उनले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताए ।

उनले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि “आफ्नो अवस्था थाहा पाऔं” भने। अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *