आइओएमका सहायक डीनद्वारा पदबहाली

काठमाडौं, १२ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का दुई डीनले आज पदबहाली गरेका छन् ।
सहायक डीन डा. मधु दीक्षित देवकोटा र आइओएम नर्सिङ क्याम्पसकी प्राध्यापक मन्दिरा वन्तले कार्यभार सम्हालेका हुन् ।
त्रिविले नियुक्तिका लागि पठाएको पत्रको भाषामा समस्या देखिएकाले दुई सहायक डीन डा. राजेन्द्र गुरागाईं र डा. द्वारिका श्रेष्ठले भने पदबहाली गरेका छैनन्।
पदबहाली गरे पनि दुवै जनाको जिम्मेवारी भने तोकिएको छैन। त्रिविले ९ महिनापछि दुई सहायक डीन नियुक्त गरेको हो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



