‘५० प्रतिशत किशोर किशोरीको सेक्स अनुभव विद्यालय तहमै’

न्युयोर्क, ९ असार । अमेरिकामा आधा जसो किशोर किशोरीहरुले स्कुल तहको अध्ययन पार नगर्दै सेक्सको अनुभव बटुल्ने गरेको एक अध्ययनले देखाएको छ । सो अध्ययनले अधिकांशले किशोर किशोरीले अस्थायी साधनको प्रयोग गर्ने र त्यसमा पनि बहुसंख्यको रोजाई कण्डम नै भएको देखाएको छ ।

सीडीसीको नयाँ रिपोर्टले ४० प्रतिशत किशोर किशोरीहरु १८ बर्षको उमेरमा पहिलो पटक यौनकार्यमा सहभागी हुने देखाएको छ । उनीहरुमध्ये ८० प्रतिशतले अस्थायी साधनको रुपमा कण्डमको प्रयोग गर्ने गरेको पाइएको छ ।

यौनकार्यमा सहभागी ८० प्रतिशतले कण्डम लगाएको पाएपछि सरकार खुशी देखिएको छ । उसले कण्डम दर बढदा टिन एज प्रेग्नेन्सीमा कमी आउने विश्वास गरेको छ ।

अनुसन्धानमा सहभागी नेशनल क्याम्पियन फर टीन एण्ड अनप्लानेड प्रेग्नेन्सीका प्रवक्ता बील अल्बर्ट भन्छन, ‘किशोरकिशोरीले अस्थायी साधन प्रयोग गरेकै कारण टीन एज प्रेग्नेन्सी दरमा समेत कमी आएको छ ।’

अनुसन्धानमा झण्डै ४ हजार किशोर किशोरी सहभागी थिए । उनीहरुले अधिकांशले अध्ययनका क्रममा मन मिलेपछि सहपाठी साथीसंग सेक्स गरेको बताए । उनीहरुमध्ये २ प्रतिशत केटी र दुई प्रतिशत केटाले पहिलो भेटमै सेक्स प्रस्ताव राखी अनुभव बटुलेको बताए ।

विश्वकै सबैभन्दा शक्तिशाली र विकसित मानिने देश अमेरिकामा टिन एज प्रेग्नेन्सी दर उच्छ छ । सन् २०१४ को प्रतिवेदनले प्रति हजार सुत्केरीमध्ये २४ जनाको उमेर १९ बर्ष मुनि हुने गर्दथ्यो । सरकारले अहिले टिनएज प्रेग्नेन्सी हटाउन अस्थायी साधनको प्रयोग बढाउने विभिन्न अभियान सुरु गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *