नेपालगन्जमा प्रभातफेरि र सभा आयोजना गरी नर्सिङ दिवस मनाइयो

0
Shares

नेपालगन्ज, २९ वैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ सङ्घ, बाँके शाखाले आज यहाँ प्रभातफेरि र सभा गरेको छ ।

स्थानीय भेरी अञ्चल अस्पतालबाट निस्केको प्रभाफेरि नेपालगन्ज बजारको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

सङ्घका जिल्ला अध्यक्ष लक्ष्मी केसीको सभापतित्वमा भएको सभामा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी उपरीक्षक टेकप्रसाद राई, भेरी अस्पतालका प्रमुख बीबी चन्द, जनस्वास्थ्य प्रशासक खिमबहादुर खडका र सङ्घकी उपाध्यक्ष मनिता प्याकुरेलले नर्सिङ पेसालाई थप मर्यादित बनाउन सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए ।

सभामा नेपालगन्ज नर्सिङ क्याप्पसका पूर्व प्रमुख डा शान्ता आचार्यलाई सम्मान गरिएको थियो । जिल्लाका सिकलसेल रोगका बिरामीका लागि नर्सिङका २१ विद्यार्थीले रक्तदान गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *