दृष्टि आई केयर सिस्टमको नयाँ शाखा कलंकीमा

काठमाडौँ, १५ बैशाख । स्विचाटार कलंकीमा आजदेखि नयाँ आँखा अस्पताल सञ्चालनमा आएको छ । दृष्टि आइकेयर सिस्टमको नाममा स्थापित अस्पतालको आज हास्यकलाकारद्धय मद्धनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरे ।

दृष्टि विशेषज्ञहरुको क्रियाशीलतामा स्थापना भएको दृष्टि आइ केयर सिस्टमद्वारा सञ्चालनमा आएको सो केन्द्रले मोतियाविन्दुको बिना इन्जेक्सन अत्याधुनिक प्रविधिद्वारा शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, रेटिना (पर्दा)को शल्यक्रियाका साथै डेढो आँखा, आँखाबाट पिप बगिरहने, मासु पलाएको जस्ता सेवा उपलब्ध गराउने जनाएको छ ।

साथै केन्द्रले पहिलोपटक अमेरिकी प्रविधिको उपयोग गर्दै अनलाइन प्रविधिबाट समेत उपचार जानकारी दिने प्रबन्ध मिलाएको दाबीसमेत गरेको छ ।

चारबर्ष अघि झापाको बिर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरी आँखा उपचार सेवामा प्रवेश गरेको यो समूहले कलंकी सहित देशका विभिन्न भागमा ७ वटा आँखा अस्पताल सञ्चालन ल्याइसकको छ ।

‘विसं २०७० असोज २८ मा झापाको विर्तामोडमा मेची दृष्टि आँखा अस्प्तलाको नाममा आँखा अस्तपाल खोलियो त्यसपछि बीरगञ्जमा बीरगञ्ज दृष्टि आँखा केन्द्र, बाराको कलैया, काठमाडौँको चावहिल, जमल सहित कलंकीमा सेन्टर सञ्चालनमा ल्याएका छौँ, ‘ दृष्टि आई केयर सिस्टमका प्रमुख कार्यकारी निर्देशक डा भाईराजा श्रेष्ठले बताए ।

यसअघि उदघाटनसत्रमा बोल्दै मेडिकल डाइरेक्ट डा सविता पालिखेले आँखा उपचारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिसहित सेवा प्रारम्भ गरेको बताइन् । उनले सर्वसुलभ दरमा अन्तराष्ट्रिय स्तरको सेवा दिने दावी गरिन ।

कार्यक्रममा बोल्दै महजोडीले आँखा शरीरको सबैभन्दा महत्वपूर्ण अंग भएको भन्दै यसको सहज र सुलभ रुपमा उपचार गर्नु महत्वपूर्ण रहेको बताए । उनीहरुले आम सर्वसाधारणले सर्वसुलभ रुपमा गुणस्तरीय उपचार सेवा पाउनु आफैमा राम्रो भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्राडा रामप्रसाद पोखरेलले गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले आँखा अस्तपाल खोल्नु खुशीको कुरा रहेको बताए ।

विपीकोइराला नेत्र अध्ययन प्रतिष्ठानका निर्देशक डा आनन्दकुमार शर्माले दृष्टि आईकेयर सेन्टरलाई स्तरीय सेवा सञ्चालन गर्न सुझाव दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *