धामी झाक्रीको भर पर्दा गर्भवतीको मृत्यु

0
Shares

तेह्रथुम, ६ वैशाख । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पुरयाउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।

प्रसूति व्यथा लागेको लामो समयपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएर जाँच सुरु गर्दै गर्दा हिजो अपराह्न मृत्यु भएको जिल्ला अस्पतालका डा मुक्तिनारायण साहले बताए । उनी सोमबार बेलुकीबाटै बिरामी परे पनि परिवारले घरायसी औषधि र धामीझाँक्री लगाउन थालेपछि अस्पताल लैजान ढिलो भएको थियो ।

उनलाई हिजो दिउँसो मात्र जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको नियमित स्वास्थ्य जाँच र परीक्षण नहुँदा निमोनियाको कारण प्रसूति हुन नसकेर ज्यान गएको डा साहले बताए । गर्भावस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गर्भवती र शिशुको स्वास्थ्यलाई लक्ष्य गर्दै सरकारले सुरक्षित प्रसूतिका लागि करोडौँको लगानी गरे पनि यहाँ भने सदरमुकाममै गर्भवतीको नियमित स्वास्थ्य जाँच नहुनु र अस्पताल लैजान ढिला भएर मृत्यु हुनु लज्जास्पद भन्दै महिला अधिकारकर्मीले आलोचना गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *