ओस्टेपोरोसिस अर्थात हड्डी खिइने रोग के हो ? कसरी जोगिने ?

– डा. श्वेता अग्रवाल, एमडीजीपी

ओस्टेपोरोसिस  अर्थात हड्डी खिइने रोग । मानिसको उमेर छिप्पिदैँ जाँदा हड्डीमा देखिने  कमजोरीपना, जो कालान्तरमा हड्डी भाचिने अवस्था सम्म पुग्नसक्छ ।

यो रोग महिला तथा पुरुष दुवैमा देखिन्छ । तर बढी मात्रामा महिलालाई हुन्छ । अझ पुरुषको तुलनामा महिलालाई कम उमेर देखि नै सताउँछ । अर्थात पुरुषहरुलाई ७० बर्ष उमेर नाघेपछि देखिने यो समस्या महिलामा भने ५५ बर्ष कट्दा नकटदै देखिन्छ ।

हड्डी खिइने रोगको कहाँ देखिन्छ र कसरी देखिन्छ ?
यो समस्या बढी मात्रामा हीप तथा मेरुदण्ड, घुडा तथा खुट्टाहरुमा देखिन्छ । त्यसबाहेक विभिन्न जोइन्टहरुमा पनि यसको असर हुने गरेको छ ।  यस्तो समस्यामा देखिनुको कारण हाम्रो शरीरमा नियमित रुपमा नयाँ हड्डी निर्माण भईरहेको हुन्छ र त्यसले पुरानो हड्डीलाई प्रतिस्थापन गर्दै जाँन्छ ।

युवा तथा किशोर उमेरमा योक्रम छिटो छिटो हुन्छ तर उमेर ढल्केसगै हड्डी विकास हुने क्रम पनि घटदै जान्छ । अन्तत बुढेसकाल लाग्न थालेपछि नयाँ उत्पादनदर कम हुन थालेपछि पुरानो हड्डी रहिरहन्छ । फलस्वरुप पुरानो हड्डी कमजोर हुन थाल्छ । त्यसपछि हड्डी कमजोर हुने र खिइने प्रक्रिया सुरु हुन्छ ।

के हुन्छ लक्षण ?
यो रोगमा सुरुमै खासै लक्षण देखिदैन । तर हाड खिइन थालेपछि भने ढाड दुख्ने, रिगाँटा लाग्ने आदि हुन्छ । उचाई घटदै जान्छ । मर्के जस्तो ठानिएकोमा सजिलै भाचिन थाल्छ ।

कति उमेरका कस्ता व्यक्तिलाई हुनसक्छ यो समस्या ?
माथि नै पनि उल्लेख गरिसकिएको छ । यो पाका उमेरका व्यक्तिलाई लाग्ने रोग हो । महिला तथा पुरुष दुवैलाई हुन्छ । तर महिलालाई यो अलि बढी र छिटो पनि लाग्छ । तर पुरुषलाई अलि कम र अलि ढिलो पनि लाग्नसक्छ ।

रिचर्सहरुले के देखाएको छ भने महिलाहरुलाई बढी मात्रामा ५५ बर्ष उमेर कटेपछि र पुरुषहरुलाई ७० कटेपछि समस्या देखिन थाल्छ ।

महिलामा छिटो समस्या हुनुको कारण के हो ?
महिलाहरुलाई छिटै देखिनुको कारण उनीहरुको महिनावारी सुक्ने बेलामा जीउमा हर्मोनको गडबढी हुन्छ । किनभने त्यतिवेला एस्ट्रोजिनहरु कम भएर जान्छ । यसैले गर्दा ५० उमेर नाघेका महिलाहरुलाई यो समस्या हुन सक्छ ।

अर्को भनेको थाइराइड हार्मोन बढी भएको व्यक्ति, प्याराथाईराइड एड्रानाल ग्लाण्डहरुको समस्या बढी भएको व्यक्ति, अर्थात हार्मोनको गडबढी भयो भने त्यो छिटो हुनसक्छ ।

कसरी जोगिने ?

  • हड्डी स्वस्थ र बलियो बनाउनुपरयो ।
  • पोशिलो खाने कुरा तथा क्याल्सियम तत्व हुने खाद्यपदार्थ जस्तै दुध, फलफुल सागसव्जी माछामासु प्रसस्त खानुपरयो । यसबाट क्याल्सियम पाइन्छ हड्डी बलियो हुन्छ ।
  • १८ देखि ५० बर्ष उमेरका महिला तथा पुरुषलाई प्रतिदिन १ हजार मिलीग्राम क्याल्सियम चाहिन्छ । सो भन्दा बढी उमेरका व्यक्तिलाई १ हजार २ सय मिलीग्राम क्याल्सियम चाहिन्छ ।
  • भिटामिन डी खान दिनुपरयो । भिटामिन डीले क्याल्सिसयम सोस्न पाउछ । डी पाउने भनेको घामबाट हो । विदेशतिर सरकारले भिटामिन डी दुधमै मिसाएर पठाउछ । तर हाम्रोमा त्यो सबै सुविधा छैन । त्यसैले हल्का घामबाट भिटामिन डी लिनु जरुरी छ ।
  • हड्डी कमजोर हुनबाट जोगाउँन बजारमा विभिन्न औषधिहरु आएका छन् । कोही खान मिल्ने र कोही सुईबाट दिन मिल्ने ? तर ती सबै विशेषज्ञ चिकित्सकको सहयोगमा लिन मिल्छ ।
  • नियमित शारीरिक व्यायम गर्नुपरयो । जति व्यायम गरयो उती नै बढी हड्डी बलियो हुन्छ ।
  • धूमपान तथा मध्यपान गर्नु भएन । यसले हड्डी कमजोर त गराउँछ नै कहिलेकाँही दुर्घटनासमेत निम्त्याउँछ ।

कसरी थाह पाँउने ?
हड्डी कमजोर भएपछि समस्या देखापर्छ त्यसपछि परीक्षण गर्दा थाह भइहाल्छ । तर त्यो भन्दा अघि नै थाह पायो भने समस्या नहुँदै उपचार गर्न सकिन्छ । अहिले हड्डी कमजोर छ छैन भनेर हड्डीको स्क्यान गर्ने मेसिन ‘डेक्सास्क्यान’ भन्ने मेसिन आएको छ । यो मेसिनले हड्डीको अवस्था सुरुमै पत्ता लगाउन सक्छ । यो मेसिन हामीकहाँ पनि उपलव्ध छ ।

महिलाहरुले ५५ बर्ष कटेपछि परीक्षण गर्न मिल्छ पुरुषहरुले ७० कटेपछि परीक्षण गर्न मिल्छ । यसले हड्डी कतिको पालतलो भएको छ कतिको खिइएको छ भनेर थाह दिन्छ । हड्डी खिइएको रहेछ भने त्यहि अनुसार उपचार गर्न सकिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “ओस्टेपोरोसिस अर्थात हड्डी खिइने रोग के हो ? कसरी जोगिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *