इलाममा घटेन असुरक्षित गर्भपतन
नेपाली हेल्थ २०७३ चैत २८ गते १०:०२ 0 
इलाम, २८ चैत । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।
इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताए ।
सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् ।
अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । “धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्”, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भनिन्, “जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।”
सम्पर्क इमेल : [email protected]
-
नेपाल चिकित्सक संघ निर्वाचन : टीम मंगलले सार्वजनिक गर्यो चुनावी संकल्प पत्र (पत्र सहित)
-
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न, ११ हजार ९२२ भोट खस्यो
-
नेपाल मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, भोट हाल्ने भीड (फोटो फिचर)
-
नेपाल बाल शल्य चिकित्सक समाजको नेतृत्वमा आए प्राडा विजय थापा, कार्यसमितिमा अरु को – को ?
-
रक्तदान जागरण गीतहरूको सामूहिक लोकार्पण कार्यक्रम सम्पन्न
-
-
टिचिङ अस्पतालमा कार्यरत नयाँ पुस्ताका चिकित्सक र नर्स, अनि फेरिएको व्यवहार
-
स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण : अबको बाटो के ?
-
त्रिवि आईओएमका १६ जना चिकित्सक प्राध्यापक पदमा बढुवा (सूची सहित)
-
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त
-
प्रयोगशाला मापदण्ड सुदृढीकरण: गुणस्तरीय उपचार र बलियो स्वास्थ्य प्रणालीको आधार
-






