अठार बर्ष मुनिका बालबालिकालाई जुत्ता टास्ने ‘गम’ बेच्न नपाईने

काठमाडौँ , २ चैत । सरकारले १८ बर्ष मुनिका बालकालिकालाई एडहेसिव ग्लु (जुत्ता तथा कार्पेट टास्ने गम ) विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यको लागि हानिकारक मानिने एड्हेसिव ग्लुको प्रयोग सडक बालकालिकाहरुले गरेको भन्दै सो उमेर समूहका बालबालिकालाई बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

एड्हेसिव ग्लुमा डेन्ड्राईट, फेविकोल, कृष्णाकोल जस्ता पदार्थहरु पर्दछन् । त्यो ग्लु सुघेर विशेषगरी सडक बालबालिका दुव्र्यशनमा लाग्ने गरेको भन्दै बिक्री वितरणमा रोक लगाइएको हो ।

यसअघि काठमाडौँ बौद्यका महात्मा पराजुलीको समूहले २०७२मा फागुन १० मा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एडहेसिव ग्लु १८ बर्ष मुनिका बालबालिकालाई विक्री वितरणमा रोक लगाउन माग राख्दै निवेदन दिएको थियो । त्यसको ६ महिना पछि स्वास्थ्य गृह मन्त्रालयले समेत यस विषयमा चासो राख्दै विक्री वितरणमा प्रतिवन्ध लगाउने निर्णय गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले एडहेसिव ग्लुको प्रयोगले बालबालिकाको स्वास्थ्य हानी हुने भन्दै विक्री प्रतिवन्ध लगाउन सहयोग २३ साउनमा गृह, महिला बालबालिका, उद्योग र बाणिज्य मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा गृहले स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

के हो एड्हेसिव ग्लु ?
एड्हेसिव ग्लु भनको विशेषगरी जुत्ता तथा कार्पेट टास्ने एक खालको गम हो । यो गम फेविकोल, डेन्ड्राईड, कृष्णाकोल जस्ता ब्राण्डमा विक्री वितरण हुँदै आएका छन् । सडक बालबालिकाहरुले त्यो गम सुघेर नसाको रुपमा प्रयोग गर्ने गर्दछन् । महात्मा पराजुलीको निवेदनमा भनिएको छ, ‘यो ग्लुमा टोल्युन भन्ने केमिकल पाइन्छ जो मिठो बास्ना आउने गर्छ र दिमागलाई लठ्ठ बनाउने हाईड्रोकार्वन हुन्छ । यसको प्रयोगले शरीरका नसाहरुलाई सिथिल बनाउछ । दिमागका झिल्लीलाई असर पुरयाउनका साथै भोक समेत हराउछ ।’

यसको प्रयोगले तक्काल खोकी लाग्नु, वाक बाक लाग्नु, नाकबाट रगत आउने जस्ता असर हुन्छन् भने कालान्तरमा अचेतन भई मृत्युसमेत हुने गरेको अनुसन्धानले देखाएको बताइएको छ ।

यो ग्लुमा धेरै मात्रामा धातुको प्रयोग हुने यसले रगत मिर्गौला र फोक्सोमा समेत असर गर्ने बताइएको छ । काठमाडौँ उपत्यकामा रहेका झण्डै ६ हजार सडक बालबालिकाहरुमध्ये अधिकांशले यसको प्रयोग गर्ने गरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *