के हो मिर्गौला रोग ? यसबाट कसरी बच्ने ?


काठमाडौँ, २६ फागुन । नसर्ने रोगमध्ये सबैभन्दा झन्झटिलो र महंगो रोगमा गनिन्छ मिर्गौला रोग । तर यहि रोगका विरामीहरू बर्षेनी बढदै गएका छन् । दुबै मिर्गौला बिग्रिएर प्रत्यारोपण गर्नु पर्ने अवस्थाका बिरामीहरूको संख्या बढदो छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक एवं मिर्गौलारोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा कुल जनसंख्याको झण्डै १० प्रतिशत अर्थात झण्डै ३० लाख भन्दा बढी व्यक्तिमा कुनै न कुनै रुपमा मिर्गाैलासम्वन्धी रोग लागेको छ । ग्रसित ३० लाख मध्ये १० प्रतिशत अर्थात ३ लाख नेपालको अलि कडा किसिमको मिर्गौला रोग लागेको पाइन्छ । त्यसको १९ प्रतिशत अर्थात ३० हजार मानिसको मिर्गौला फेलियर हुने अवस्थामा पुगेको छ । र त्यसको पनि १० प्रतिशत अर्थात ३ हजार मानिसको बर्षमा मिर्गौला फेलियर हुने र प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पुगेको डा. श्रेष्ठ बताउँछन् ।

के हो मिर्गौला ? यसको काम के हो ?

हाम्रो शरीरमा दुईवटा मिर्गाैला हुन्छ । त्यसको मुख्य काम रगत शुद्धिकरण गर्नु हो । प्रत्येक मिर्गाैला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा तन्तुहरू हुन्छन ।

बरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह भन्छिन्, हाम्रो शरीरका अंगहरू चल्नका लागि शक्ति चाहिन्छ । यो शक्ति खानाबाट प्राप्त हुन्छ । यसरी खानाबाट शक्ति पैदा हुने क्रममा बिकारका बस्तुहरू पनि निस्कन्छन । ती बिकारका बस्तुहरू शरीरमा रहेमा त्यसले थप रोग निम्त्याउछ । त्यसैले ती वस्तुलाई छानेर पिसावको माध्यमबाट बाहिर निकाल्नु पर्छ । जुन काम मिर्गाैलाले गर्छ र मुत्रनलिबाट बाहिरिन्छ ।’

मिर्गाैलाको अर्को काम शरीरमा फुुड इलेक्टोलाईडको व्यालेन्स गर्ने हो । अर्थात धेरै थोरैको व्यालेन्स गर्ने । कहिलेकाही हामी धेरै पानी पिउछौँ तर शरीर सुन्निदैन, त्यस्तै कहिलेकाही हामी कम पानी पिउछौँ तर शरीर फुस्रो हुदैन ।

नून चर्को खाँदा होस या विलिनो हुँदा होस हाम्रो शरीरमा त्यस्तो परिवर्तन देखिदैन । कारण त्यो व्यालेन्स गर्ने अर्थात मिलाएर राख्ने काम मिर्गौलाले गर्छ । शरीरमा रक्तचाप व्यालेन्स गर्ने काम गर्छ । मिर्गाैलाले रगत बढाउने काम पनि गर्छ ।

रातो रक्तकणबाट एक खालको हर्मोन पैदा हुन्छ जसले शरीरमा सास फेर्दा लिएको अक्सिजन विभिन्न तन्तुहरूमा पु¥याउने काम गर्छ । यति धेरै काम गर्ने मिर्गाैलाले काम गर्न सकेन भने मिर्गाैलामा केही रोग लाग्यो वा समस्या प¥यो भन्छौ ।

मिर्गाैला दुई प्रकारले फेल हुन्छ । पहिलो कारण अपर्झट रूपमा अर्थात एक्कासी मिर्गाैलाले काम नगर्ने अवस्था । अर्को धेरै पुरानो रोगबाट वा अन्य दीर्घरोगबाट खराव हुने अवस्था ।

अपर्झट मिर्गाैलाले काम नगर्ने अवस्थामा पुगेको व्यक्तिले तत्कालै उपचार पायो भने तत्कालै सन्चो पनि हुन्छ । तर लामो समयदेखी विस्तारै विस्तारै विग्रदै गएर अन्त्यमा समस्या देखियो भने त्यतिवेला मिर्गाैला प्रत्यारोपण गर्नुपर्न सक्छ । यसलाई मिर्गाैलाको दीर्घकालिन रोग भनेर भनिन्छ । नेपालमा देखिएका समस्याहरू अधिकांश दीर्घकालिन प्रकृतिका छन् ।

अपर्झट मिर्गाैला विग्रिएको व्यक्तिलाई औषधिको सेवनबाट सुधार हुन सक्छ । तर विस्तारै विग्रदै गएको व्यक्तिको मिर्गाैला पहिलेको अवस्थामा फर्कन सक्दैन र नया“ प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । किनभने अन्यरोगको असरबाट विस्तारै विग्रदै गएको मिर्गाैलाका कोषहरू खुम्चिदै गएका र मर्दै गएका हुन्छन् ।

मिर्गाैला निकै शक्तिशाली हुन्छ । सामान्यतया रोगले पचास प्रतिशत तन्तु नास भएपनि बाकी तन्तुहरूले उत्तीकै काम गरेर जीवनमा असर पर्नबाट बचाउछ । तर नेपालीहरूले विरामी नभई स्वास्थ्य परीक्षण गर्ने बानी नभएकोले मिर्गाैला विग्रीएर अन्तीम अवस्थामा पुगेपछि मात्रै थाहहुने गरेको छ ।

डा. शाह भन्छिन, स्वास्थ्य परीक्षण नगरेको व्यक्तिको ७० प्रतिशत मिर्गाैला विग्रिइसके पछि उसलाई सामान्य अप्ठेरो महसुस हुन थाल्छ । मिर्गाैलाको ९० प्रतिशत भाग बिग्रिइसकेपछि मात्रै व्यक्तिलाई विरामी भएको अनुभव हुन्छ । नेपालमा अस्पतालमा आउने विरामीहरू ९० प्रतिशत भाग बिग्रिएपछि मात्रै आउने गरेका छन् ।

कस्तालाई हुन्छ मिर्गाैलाको समस्या ?
मिर्गाैलामा देखिने दीर्घकालिन समस्या मिर्गाैला भित्रकै रोगको कारणले पनि हुनसक्छ । तर त्यो भन्दा बढी उच्च रक्तचाप भएका व्यक्तिलाई, मधुमेह रोग भएका व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।

त्यस्तै रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगबाट ग्रसित व्यक्तिमा जस्तैः एचआईभी, एड्स हेमाटाइटिस ‘बी’ र ‘सि’ वा लामो समय सम्म भाइरसको संक्रमण भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिको मिर्गाैलामा संक्रमण देखा पर्नसक्छ ।

मिर्गाैलाका रोगहरू बच्चा देखी बुढा सम्म सबै उमेरकालाई लाग्ने गर्छ तर कारणहरू फरक हुनसक्छ । बढी उमेरका व्यक्तिलाई उच्च रक्तचाप र मधुमेहका कारण हुनसक्छ । बंशाणुगत रोगी छन भने पनि हुनसक्छ । त्यस्तै पथ्थरी समस्या भएका व्यक्तिहरूमा, जन्मदा खेरी नै मुत्रनलीमा अवरोध हुने तत्व भएकाहरूमा तथा पिसाव गर्दा पुरा ननिख्रनेहरूका लागि पनि मिर्गाैलाको समस्या हुनसक्छ ।

के हुन्छ लक्षण ?
–सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन थाल्छ । विस्तारै त्यो बढदै गएपछि मिर्गाैलाले काम गर्न छाड्ने हुन्छ ।

–प्रोटिन तत्व चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ ।

–साझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।

–विहान उठदा आँखाको डिलहरू सुनिने गर्छ ।

–राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक ।

–विहान उठदा धमिलो, कोकाकोला जस्तो, धुवा जस्तो पिसाव आउछ ।

–कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।

–रगतको कमीले शरीर थाक्ने ।

–वाक वाक लाग्ने ।

त्यसबाहेक यदि खुलेर पिसाव आउदैन भने, पिसाव गर्दा बल गर्नु पर्छ, थोपा थोपा भएर आउछ, पिसाव गर्ने बेला पिडा हुन्छ, रातीमा धेरै पटक पिसाव हुन्छ, ठूलो हुँदासम्म निदाएका बेला ओछ्यानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *