बीर अस्पतालमा ‘इन्ट्रोभेन्सन रेडियोलोजी’ सेवा लिने डेढ सय पुगे

काठमाडौँ, १४ फागुन ।  बीर अस्पतालले सुरु गरेको इन्ट्रोभेन्सन रेडियोलोजी सेवा लिनेको संख्या तीन महिनाको अवधीमा १५० पुगेको छ । अस्पतालले गत मंसिर देखि यो सेवा सुरु गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले इन्ट्रोभेन्सन रेडियोलोजी सेवा लिनेको संख्या महिनामा औषत ५० जना रहेको बताए । उनले अस्पतालको स्तरउन्नती तथा सेवा विस्तार गर्ने कार्यक्रम अनुरुप बीरमा यो सेवा थपिएको समेत जानकारी दिए ।

रेडियोलोजीमा एमडी गरिसकेका चिकित्सक अजित थापाले इन्ट्रोभेन्सन रेडियोलोजीमा एक बर्षे फेलोसिप सक्काएपछि बीरमा आएर यो सेवा सुरु गरेका हुन् । उनले भारतको मेदान्ता अस्पतालमा इन्ट्रोभेन्सन रेडियोलोजी सम्वन्धी तालिम लिएका हुन् ।

के हो इन्ट्रोभेन्सन रेडियोलोजी ?
रेडियोलोजी भित्र एक्सरे, अल्ट्रासाउण्ड, सिटिस्क्यान एमआरआई गर्ने लगायतका विधि पर्दछन् । यी सबै रोगको निदान गर्ने विधि हुन् । तर यी विधिहरु पनि कुनै बेला काम नलाग्न सक्छ । त्यस्तो बेलामा इन्ट्रोभेन्सन रेडियोलोजी विधि प्रयोग गरिन्छ ।

निर्देशक डा बस्नेत भन्छन, ‘कतिपय बेलामा सिटिस्क्यान, एमआरआई लगायतका प्रविधिले मात्रै

डा. अजित थापा

पनि सहि डाइग्नोस नहुन सक्छ । त्यस्तो बेला शरीरको भित्र टिस्यु अर्थात तन्तु झिकेर बायप्सी ( जाँच) गर्नुपर्छ । कतिपय अवस्थामा शरीर भित्रको विशेष ठाँउमा औषधि हाल्नुपर्छ । यी सबै काम इन्ट्रोभेन्सन रेडियोलोजीबाट हुन्छ।’

 

डा बस्नेतले दक्ष जनशक्तिको अभावमा नेपालमा यो सेवा साह्रै कम अस्पतालमा हुने गरेको र अधिकांश विरामी यो सेवा लिनका लागि दिल्ली जाने गरेको बताए । ‘अव हामीकहाँ यो सेवा उपलव्ध छ । अयन्त्र भन्दा निकै सस्तोमा अव विदेश जानुपर्ने अवस्था छैन ।’

डा थापाले बढी कलेजो फोक्सो , ग्लाण्ड अंग पटिक्लुलट भित्रको अंगको जाँच गरिएको बताए । उनले भने पित्तको बाटो खोल्ने पीटीबीडी, एफएनएसी, बायप्सी, अल्टासाउन्ड, व्लिडिग भएकोलाई कोइल गर्ने काम भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *