आन्दोलनरत ९ (ख) वाला स्वास्थ्यकर्मीसंग बार्ता गर्दै सरकार
काठमाडौँ, ९ फागुन । स्वास्थ्य मन्त्रालयले आन्दोलनरत स्वास्थ्यकर्मीसंग बार्ता सुरु गरेको छ । मन्त्रालयमा केही बेरअघि सुरु भएको बार्तामा विभिन्न टे«ेडयुनियन आवद्ध स्वास्थ्यकर्मीहरुको सहभागीता छ । सरकारका तर्फबाट कर्मचारी महाशाखा प्रमुख बलदेव गौतमसहितको टोली बार्तामा बसेको छ ।
पदस्थापनको विषयमा सरकारले गरेको निर्णय आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलन चर्काउन थालेपछि मन्त्रालयले हिजो मात्रै सहसचिव गौतमको संयोजकत्वमा बार्ताटोली गठन गरेको थियो । उक्त टोलीमा परसुराम श्रेष्ठ, गिरीराज सुवेदी सदस्य छन भने शम्भु कटुवाल सदस्यसचिव छन् ।
पदस्थापनको माग राख्दै झण्डै दुई महिना देखि मन्त्रालय केन्द्रीत आन्दोलन गरेका स्वास्थ्यकर्मीले आईतबारबाट जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी गर्न थालेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
सबैलाई मान्य हुने निष्कर्ष आओस
Sabai lai liyr chlnu par6,aafno mag magda magdai aruko adhikar khosnu bhayn.sathiharu
Your way of describing all in this article is
in fact good, every one can effortlessly know it, Thanks a lot.