अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका छ कर्मचारी मारिए, दुई जना सम्पर्क विहीन

अफगानिस्तान, २७ माघ । अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ ।

हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बुधबार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए ।

“दुर्भाग्यवस जौजाङ प्रान्तमा बुधबार भएको अप्रिय घटनामा ६ जना हाम्रा कर्मचारीको मृत्यु भएको छ,” उनले सिन्ह्वासँग भने। जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिजले पनि बुधबार भएको घटनाको पुष्टी गरेका छन् । ।

“इस्लामिक स्टेट (आईएस) समर्थित लडाकुहरुको समूहले अन्तर्राष्ट्रिय रेडक्रसका आठ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जना मृत्यु भएको अवस्थामा भेटिएका थिए भने दुई जना अज्ञात अवस्थामा रहेका छन्,” गभर्नर अजिजले भने ।

घटनाका पीडित सबै जना अफगानिस्तान कै रहेका छन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तिब्र बनाएको बताएको छ । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३९० किलोमिटर उत्तरतर्फ पर्दछ । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *