नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा. रोबसकुसुम सुवेदी नियुक्त

काठमाडौँ, ७ पुस – सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा। रोबश कुसुम सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठक पछि निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले डा .भगवान कोइराला सहित गठन भएको तीन सदस्यीय समिति गरेको सिफारिसको आधारमा सुवेदीलाई महाप्रवन्धकमा नियुक्त गरेको जानकारी दिए ।
समितिले डा.सुवेदीसहित मोहम्मद सफिल्ला र अच्युत विक्रम थापा गरी तीनजनाको नाम सिफारिस गरेको थियो ।
विगत पन्ध्रबर्ष देखि औषधि क्षेत्रमा कार्यरत सुवेदी पछिल्लो समय भेगा फर्मास्युटिकल्समा फ्याक्ट्री डाइरेक्टरका रुपमा कार्यरत थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

