विद्रोहीको आक्रमणमा परी नर्सको मृत्यु, दुई चिकित्सक घाइते

बेरुत (लेबनान), २१ मंसिर सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले जनाएका छन् । घटनामा दुई रसियाली चिकित्सक घाइते भएको जनाइएको छ ।
सरकार नियन्त्रित पश्चिमी अलेप्पोमा अस्थायी अस्पताल खडा गरी चिकित्सा सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीमाथि लक्षित गरी आक्रमण हुँदा यहाँका सिरियाली सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत लिन सङ्कट पर्ने अवस्था आएको रसियाले बताएको छ ।
‘फिल्ड हस्पिटल’ स्थापना गरी सेवा पु¥याउँदै आएका नर्स तथा चिकित्सकलाई विद्रोहीले आक्रमणको निशाना बनाउनु गलत भएको भन्दै यसप्रति रसियाले चासो व्यक्त गरेको छ । रासस/एपी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




