विद्रोहीको आक्रमणमा परी नर्सको मृत्यु, दुई चिकित्सक घाइते

Mideast Syria

बेरुत (लेबनान), २१ मंसिर सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले जनाएका छन् । घटनामा दुई रसियाली चिकित्सक घाइते भएको जनाइएको छ ।

सरकार नियन्त्रित पश्चिमी अलेप्पोमा अस्थायी अस्पताल खडा गरी चिकित्सा सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीमाथि लक्षित गरी आक्रमण हुँदा यहाँका सिरियाली सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत लिन सङ्कट पर्ने अवस्था आएको रसियाले बताएको छ ।

‘फिल्ड हस्पिटल’ स्थापना गरी सेवा पु¥याउँदै आएका नर्स तथा चिकित्सकलाई विद्रोहीले आक्रमणको निशाना बनाउनु गलत भएको भन्दै यसप्रति रसियाले चासो व्यक्त गरेको छ । रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *