प्राडा गोविन्द केसीका जायज माग तत्काल पुरा गर्न राष्ट्रिय चिकित्सक संघको माग

192
Shares

काठमाडौँ, १० मंसिर – राष्ट्रिय चिकित्सक संघले शिक्षण अस्पतालमा अनसनरत प्राडा गोविन्द केसीले उठाएका जायज माग तत्काल पुरा गर्न सरकारसंग माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै संघले त्रिवि उपकुलपति प्राडा तीर्थ खनियाको राजिनामाको समेत गाग गरेको छ ।

अध्यक्ष डा. सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘शिक्षण अस्पताललाई धराशायी बनाउन उद्धत बर्तमान उपकुलपतिको राजिनामा लगायतका चिकित्सा शिक्षा सुधार एवं स्वास्थ्य सेवा सुधारका जायज माग प्रति हाम्रो संगठनको ऐक्यवद्धता दोहोरयाउन चाहन्छ । त्यसैले परिरिस्थितिको गम्भीरता मनन गरी बार्ता र सम्वाद मार्फत अनसन अन्त्य गरी डा केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न जोडदार माग गर्दछौँ ।’

डा. केसी दशौँ अनसन बसेको आज तेह्रौँ दिन हो ।

nda

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *