मिर्गौला रोगी सुशीलाको उपचारमा सहयोग

0
Shares

[ File # csp5576624, License # 1631883 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / megija

म्याग्दी, ९ मंसिर –  मिर्गौला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो ।

त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्रकाश माविकी पूर्वविद्यार्थीसमेत रहेकी राम्जालीलाई बुधबार एक कार्यक्रमबीच पूर्वविद्यार्थी प्रमोद श्रेष्ठ, रश्मी गौचन र महेश श्रेष्ठले एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

दुवै मिर्गौलामा एक बर्षदेखि खराबी आएपछि लामो समयसम्म भारतमा उपचार गराइरहेकी २९ बर्षीया राम्जालीलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका थिए । अभियानअन्तर्गत प्रकाश माविका पूर्व विद्यार्थीले उपचारका क्रममा रकम सङ्कलन गर्ने अभियानसमेत सञ्चालन गरेका छन् ।

“म्याग्देली चेलीको जीवन रक्षामा जु्ट्ने सबैलाई विशेष धन्यवाद दिन्छौँ । उनको स्वास्थ्य लाभको कामना गर्दछौँ”, अध्यक्ष बानियाँले भने । केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरियामा रहँदा मोना कोरियाको अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउने गरेकी राम्जालीको भारतको कोलकातामा उपचार भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *