बच्चा सुतेन ? अनि तपाईँलाई पनि निन्द्रा लागेन ?यी हुन् समाधानका सात उपाय

CoSleepingParentChild

१. स्कुल पछि बच्चालाई टि .भी. मोबाईल, ल्यापटपको सट्टा शारीरिक व्यायाम तर्फ लगाउनुस् । स्कुलमा लामो सिकाईपछि उनीहरुलाई मनोरञ्जनको आवश्यकता पर्दछ । त्यसको लागि शारीरिक खेल तर्फ आकर्षित गर्नाले राम्रो र मिठो निन्द्रा लाग्न मद्दत गर्छ ।

२. ईलेक्ट्रोनिक सामानहरु (ल्यापटप, मोबाईल, टीभी .)बेडमा नराख्नुहोस् । यसले निन्द्रा खल्बल्याउछ ।

. बालबालिकाहरुलाई टीभी., मोबाईल, भिडियो गेम आदिमा हुने हिंसाजन्य सामाग्रीबाट सकेसम्म टाढा राख्नुस् । यस्ता हिंसाजन्य भिडियो सामाग्रीका कारण राती नराम्रो सपना आई निन्द्रा खल्बलिन सक्छ ।

४. सुत्नुभन्दा आधा देखि एक घण्टा अगाडि देखि किताब पढ्ने, संगीत सुन्ले, रचनात्मक काम गर्ने आदि गर्नु पर्दछ । यसले मिठो निन्द्रा लाग्न मद्दत गर्छ ।

५. बेडरुमलाई नो अनलाईन जोन बनाउनुहोस् । म्यासेज, टेक्स तथा अन्य अनलाईन गतिबिधि बेडरुम बाहिरको स्थानमा मात्रै गर्ने ब्यबस्था मिलाउनुहोस्

६. ध्यान तथा योग गर्न प्रयास गर्नुस् । यसले तपाईँको मन तथा मष्तिस्कलाई स्थीर राख्न मद्दत गर्छ ।

७. यसबाहेक अनलाईनमा पाईने मष्तिस्कलाई शान्त राख्ने बिभिन्न संगीतका धुनहरु पनि सुत्नु अगाडि सुन्न सक्नुहुन्छ । यसले चाडै निन्द्रा लाग्न मद्दत गर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *