यी हुन् मेथीका औषधीय गुण

methi
भान्सामा प्रयोग हुने मेथी एक प्रकारको फल हो । यसमा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, भिटामनि सी, पोटाशियम, आइरन हुन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।

मेथीको सेवनले शरीरिक समस्या समाधान गर्न मद्दत गर्छ । मेथीको दानालाई पेस्ट बनाएर कपालमा लगाउनाले कपाल मजबुत बनाउँछ । खाली पेटमा मेथीको दाना चपाएर पानी पिउनाले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

त्यसैगरी एक चम्चा मेथीको दानालाई रातभर दुई गिलास पानीमा भिजाएर पिउने गर्नाले मिर्गौला सफा हुन्छ र पत्थरी हुनबाट जोगाउँछ साथै पेट सम्बन्धी बिभिन्न समस्या समाधान गर्न मद्दत गर्छ ।

मेथीको सेवनले उच्च रक्तचाप, मधुमेह, अपच तथा कब्जियत जस्ता समस्याका लागि फाइदाजनक हुन्छ ।

प्रतिदिन एक चम्चा मेथीको पाउडर पानीसंग खानाले मधुमेह र रोगबाट टाढा रख्न मद्दत मिल्छ साथै यसले मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

मेथीको सेवनले यौन क्षमता बढानमा पनि मद्दत गर्छ । यसको दाना मात्र नभएर पात अर्थात् साग पनि शरीरका लागि उत्तिकै लाभदायी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *