कपडा तथा सिलाई व्यावसायीद्धारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

bagbajar

काठमाडौँ, २९ भदौ – नेपाल कपडा तथा सिलाई व्याबसायी संघ केन्द्रीय समितिलेद्धारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार बागबजारस्थित अराधन कम्पलेक्स परिषरमा भएको रक्तदान कार्यक्रममा संघमा आवद्ध ४४ जना व्यावसायीले रक्तदान गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष सुरज बज्राचार्यले रक्तदान गरि सुरु भएको उक्त कार्यक्रमको संयोजन संघका केन्द्रीय सदस्य तथा मेरो टेलर्सका प्रवन्ध निर्देशक सदिश श्रेष्ठले गरेका थिए ।

सो अबसरमा श्रेष्ठले आम जनतालाई रक्तदानप्रति जागरुक बनाउन तथा सामाजिक उत्तरदायित्व वहन गर्न आफूहरुले रक्तदान जस्तो पून्य कार्यको आयोजना गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *