पहेँलो फर्सीका यत्ति धेरै फाइदा !

pumpkin
फर्सीको साग, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको साग तथा फलमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसमा शरीरमा चाहिनेआवश्यक पोषकतत्व पाइन्छन् । फर्सीलाई कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सीको सेवनले फाइदा गर्छ । पायल्स र शरीरभित्र जलन हुँदा पनि लाभदायी हुन्छ ।

गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको बियााको अचार धेरै स्वादिष्ट हुन्छ । फर्सीको बियााले शरीरमा भएको पत्थरी निकाल्छ मद्दत गर्छ । फर्सीको बियाँलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ । रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०/१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

पहेँलो फर्सी उसिनेर र तरकारी पकाएर खानाले भोक मेटाउन उपयोगी हुनुका साथैयसबाट प्रशस्त पोषण तत्व प्रप्त हुन्छ ।

फर्सीको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल बढाउन चाहनेहरुका लागि फाइदा हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *