चिया पिउनुका फाइदा

tea

चिया प्रया सबै मानिसले पिउने गर्छन् । र यसको सेवनले शरीरलाई फाइदा पनि गर्छ । चियामा एन्टिअक्सिडेन्ट गुण भएका पोलिफिनोल्सहरू हुन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले रगतमा हुने विषाक्त तत्त्वलाई निष्कासन गर्न पनि सहयोग गर्छ ।

चियाले आलस्यपन हटाएर विचार र सोच्ने शक्ति बढाउँछ । अर्थोडक्स चिया भिजाएको पानी तथा भिजाएको चियाको लेप लगाउँदा अनुहारको पिम्पल, फोका तथा पुरानो दाग मेटिन्छ ।

विभिन्न किसिमका क्यान्सरलाई नियमित चिया सेवनले न्यूनीकरण गर्ने पाइएको छ । चियामा हुने ड्युरेटिक गुणले मिर्गौला, कब्जियत र पत्थरी रोग कम गराउन मद्दत गर्छ ।

मुटुको गति सन्तुलनमा राख्न तथा कोलस्ट्रोलको मात्रा कम गर्न चियाले मद्दत गर्छ । चियामा प्रशस्त मात्रामा फल्युराइड भन्ने तत्त्व पाइन्छ । जसले दाँतलाई मजबुत बनाउनुका साथै गिजालाई समेत स्वस्थ राख्छ ।

चियाले शरीरमा स्फूर्ति बढ्ने थकाइ महसुस हन नदिने तथा थप जाँगर र ऊर्जामा वृद्धि गराउँछ।

चियामा कम मात्रामा सोडियम हुने हुँदा उच्च रक्तचापका बिरामीलाई फाइदा गर्छ । चियामा जीवाणुनाशक गुण हुने भएकोले बिभिन्न प्रकारका ब्याक्टेरिया तथा भाइरल इन्फेक्सनबाट जोगाउँछ।

चिया आवश्यकताभन्दा बढी र अन्य तत्त्व मिसाएर पिउँदा भने बेफाइदा पनि गर्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *