नेपाल मेडिकल काउन्सिलको मंगलबारबाट सुरु हुने भनिएको बैठक फेरि स्थगित

nmc
काठमाडौँ, ६ भदौ – नेपाल मेडिकल काउन्सिलको यसबर्षको पहिलो बैठक दोस्रो पटक स्थगित भएको छ । गत जेठमा स्थगित यसबर्षको पहिलो बैठक काउन्सिले मंगलबार र बुधबार ( भोली र पर्सी)का लागि तय गरेको थियो ।

काउन्सिल स्रोतका अनुसार शिक्षा र स्वास्थ्य मन्त्री नआउँदासम्म बैठक स्थगित गर्नुभन्ने प्रधानमन्त्री कार्यालयबाट निर्देशन भएपछि काउन्सिलले पूर्ण बैठक एक दिनअघि स्थगित गरेको हो । यद्धपी काउन्सिलले प्राविधिक कारणबस बैठक स्थगित गर्नुपरेको पत्र सदस्यहरुलाई पठाएको छ ।

गत जेठको दोस्रो साताका लागि डाकिएको बैठकमा बजेट, फिल्ड रिभ्यालुसन लगायतका विषयमा केन्द्रीत थियो । तर यसपटक त्यो सहित नयाँ एक सदस्यको स्वागत तथा तीन सदस्यको विदाई गर्ने , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पीजी कोटा निर्धारण गर्ने विषय समेत थियो । त्यस्तै नक्कली आरोपमा पक्राउ परि मुद्धा चलेका चिकित्सकको लाइसेन्स के गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको थियो ।

काउन्सिल रजिष्टार डा दिलीप शर्माले हाललाई प्राविधिक कारणबस बैठक स्थगित गर्नु परेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नेपाल मेडिकल काउन्सिलको मंगलबारबाट सुरु हुने भनिएको बैठक फेरि स्थगित

  1. Khai k nakkali vaneko ho bujhdai jaada ta Mbbs n md gareka nmc bata permanent licence liyaka haruko bijog bhayo jasto lagyo. Pls take out solution .

Leave a Reply to Suman Cancel reply

Your email address will not be published. Required fields are marked *