यी हुन् पत्थरीबाट जोगिने घरेलु उपाय

patthari

केरा : केरामा भिटामिन बी६ पाइन्छ जुन शरीरमा पत्थरी हुनबाट रोक्छ । दिनमा ३/ ४ कोसा केरा खानाले आराम मिल्छ ।

कागति पानी :  कागतिमा साइट्रिक एसिड पाइन्छ । जसले पत्थरी बनाउनबाट रोक्छ । दिनमा २ /३ गिलास कागति पानी पिउनाले फाइदा हुन्छ ।

मिश्री, सोंफ, धनियाँ :  दुई गिलास पानीमा आधा आधा कप मिश्री, सोंफ, धनियाँ रातभर भिजाएर बिहान छानेर पिउनाले पत्थरी हटाउन मद्दत गर्छ ।

प्याज :  प्याजमा पोटाशियम तथा भिटामिन बी पाइन्छ । जसले पत्थरी हुनबाट टाढा राख्छ । प्याजको रसलाई महमा मिलाएर खानाले फाइदा गर्छ ।

घ्यूकुमारी :  घ्यूकुमारीमा भिटामिन बी६ तथा पोटाशियम प्रयाप्त मात्रामा हुन्छ । यसको जुस पिउनाले पत्थरीको समस्याबाट मुक्ति मिल्छ ।

पानी :  शरीर स्वस्थ राख्न दिनभर कम्तिमा २/ ३ लिटर पानी पिउनु आवश्यक हुन्छ । यसले मिर्गौलामा क्याल्सियम र यूरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ ।

करेला :  पत्थरी भएमा यसलाई क मगर्नको लागि करेलाको जुुस बनाएर ,पिउनु फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा म्याग्नेसियम फसफोरस हुन्छ । जुसले पत्थरी हटाउन मद्दत गर्छ ।

तुलसी :  ५ /६ वटा तुलसीको पात एक कप पानीमा उमालेर मनतातो भएपछि एक चम्चा मह मिलाएर पिउनाले फाइदाजनक हुन्छ ।

 खरबुजा :  खरबुजामा पोटाशियम र पानी पर्याप्त मात्रामा हुन्छ । दैनिक रुपमा खरबुजा खाने वा यसको जुस पिउनाले राहत मिल्छ ।

अंगूर : अंगूरमा पाटोशियम र पानी भरपुर मात्रामा पाइन्छ । यसलाई नियमित खानाले वा नियमित रुपमा यसको जुस पिउनाले पत्थरीको समस्या कम भएर जान्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *