पत्थरी हटाउन अपनाउनुहोस् यी नौं घरेलु उपाय
१. तुलसी :
तुलसीको ५–६ पत्तालाई एक कप पानीमा उमाल्नुहोस् । यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईको पत्थरी हटाउन मद्दत गर्छ ।
२. करेला :
करेला खानुहोस् वा यसको जुस पिउनुहोस् । यसमा म्याग्नेशियम र फ्रोस्फोरस नामक तत्व हुन्छ , जसले पत्थरी कम गर्छ ।
३. केरा :
केरामा भिटामिन बी पाइन्छ । यसले पत्थरी हुनबाट जोगाउँछ । दैनिक आफ्नो डाइटमा ३–४ केस्रो केरा खानुहोस् वा यसको सेक पिउनुहोस् ।
४. घ्यूकुमारी :
घ्यूकुमारीमा भिटामिन बी६ र पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । दैनिक रुपमा बिहान खाली पेटमा यसको जुस पिउनुहोस् ।
५. कागती पानी :
कागतीमा साइट्रिक एशिड पाइन्छ । यसले क्याल्सियमलाई पत्थरी बन्नबाट रोक्न सक्छ । पत्थरी भएको खण्डमा दैनिक २–३ ग्लास कागती पानी पिउनुस् ।
६. प्याज :
प्याजमा पोटाशियम र भिटामिन बी पाइन्छ , जसले पत्थरीबाट राहत दिन्छ । यसको रसमा सख्खर मिसाएर खानुहोस् । तपाईलाई राहत मिल्छ ।
७. मिश्री :
दुई ग्लास पानीमा आधा कप मिश्री, सुप र सुख्खा धनियाँ रातभर भिजाउनुहोस् । बिहानै यसलाई छानेर खानुहोस् । पत्थरीको समस्या कम हुन्छ ।
८. खरबुजा :
खरबुजामा पोटाशियम र पानी पर्याप्त मात्रामा हुन्छ । दैनिक रुपमा खरबुजा खाने वा यसको जुस पिउनाले राहत मिल्छ ।
९. अंगूर :
अंगूरमा पाटोशियम र पानी भरपुर मात्रामा पाइन्छ । यसलाई नियमित खानाले वा नियमित रुपमा यसको जुस पिउनाले पत्थरीको समस्या कम भएर जान्छ ।