क्वेटास्थित अस्पतालमा आक्रमणको जिम्मेवारी तालिवान समूहले लियो
पेशावर (पाकिस्तान), २५ साउन – पाकिस्तानको तालिवान समूहको एक गुटले पाकिस्तानको क्वेटा सहरस्थित एक अस्पतालमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।
अस्पतालमा भएका दुई छुट्टाछुट्टै विस्फोटनमा परी कम्तिमा ७० जनाको मृत्यु भएको थियो । यसअघि बोलिचिस्तान राज्यका स्वास्थ्य मन्त्री रेहमत बालोकलाई उदधृत गर्दै मृतक सङ्ख्या ९३ पुगेको बताइएको थियो ।
तालिवान समूहको तेहरिक ए तालिवान पाकिस्तान समुहअन्तर्गतको जमातुल अहारा नामधारी एउटा गुटका प्रवक्ताले एएफपीका पत्रकारलाई इमेलमार्फत विस्फोट आफ्नो समूहले गराएको जानकारी दिएको छ ।
उक्त समूहले आफ्नो सङ्गठनले उक्त क्षेत्रमा थप आक्रमण गर्ने चेतावनी पनि दिएको छ । रासस/सिन्ह्वा