भारतमा मलेरिया, डेङ्गु इन्सेफलाइटिसको प्रकोप बढ्यो, यसबर्ष मात्रै १४८ को मृत्यु

dangu area

नयाँ दिल्ली (भारत), १५ साउन – भारतीय सरकारले शुक्रबार लोकसभामा यसवर्ष भारतमा मलेरिया, डेङ्गु र इन्सेफलाइटिस रोगका कारण देशभर १४८ जनाले ज्यान गुमाएको जनाइएको छ ।

यसवर्षको जुलाई २४ सम्मको सरकारी तथ्याङ्कअनुसार डेङ्गुका कारण २१ जना, जापानिज इन्सेफलाइटिसका कारण ७० जना र ५७ मलेरियाका कारण ज्यान गुमाएको भारतीय सरकारका स्वास्थ्यमन्त्री जे.पी. नाडाले संसदलाई बताए ।

सन् २०१५ मा यी विभिन्न रोगका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ७९८ पुगेको थियो । मन्त्री नाडालाई सांसदहरुले के सरकारले नागरिकलाई यस्ता प्राणघातक रोगबाट बचाउन निजी तथा सरकारी पहलमा कुनै राष्ट्रिय कार्यक्रमको प्रस्ताव गर्दै छ भनी सोधेका थिए ।

जवाफमा मन्त्री नाडाले तत्कालै त्यस्ता कार्यक्रम लैजाने सोच नभए पनि सरकार नागरिकको जीवन रक्षाका लागि यस्ता रोगविरुद्धका कार्यक्रमलाई महत्व दिने बताए । रासस/पीटीआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *