डा. केसीका समर्थकले आज अख्तियार घेराउ गर्ने

0
Shares

rali7

काठमाडौँ, ९ साउन – डा गोविन्द केसीका समर्थकहरुले आज नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गर्ने भएका छन् । ‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’को अगुवाईमा अहिले विहान ११ बजे त्रिवि शिक्षण अस्पतालबाट निस्कने जुलुस टंगाल पुगेर आयोग घेराउ गर्ने भएको हो ।

यसअघि हिजो मात्रै सोही अलायन्सको अगुवाईमा माइतीघरबाट बृहत दवाव मुलक जुलुस नयाँ बानेश्वर पुगेको थियो ।

अख्तियार प्रमुखलाई महाअभियोग लगाई पदमुक्त गर्नुपर्ने सहितका विभिन्न ४ बुदे माग राखि आमरण अनसन बसेको आज १५ दिनको दिन अलायन्सले आयोगमा घेरा उगर्न लागेको हो ।

हिजोको जुलुसमा अपेक्षाअनुसार समर्थक पाएपछि डा. केसी पक्षले आन्दोलनलाई थप चर्काउने योजना अघि सारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *