प्रस्तावित मनमोहन मेडिकल कलेजबाट स्वीकृति माग

1.2k
Shares

manamohan-medical-college

काठमाडौँ, २८ असार – प्रस्तावित मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेजले आफूलाई कलेज सञ्चालनका लागि अनुमति दिने तर सबै पूर्वाधार संरचना तयार भएपछि अध्ययनअध्यापनका लागि स्वीकृति नदिने काम भएको जनाएको छ ।

प्रस्तावित कलेजका मेडिकल निर्देशक डा रामकुमार अधिकारीले यो अन्याय हो भन्दै न्याय स्थापना गरिपाउन आफूहरु पनि अनशन बस्ने जानकारी दिए। “हामी कसैका विरुद्धका अनशन बस्न लागेका होइनौँ, कानुनको शासन स्थापना होस् भन्नाका लागि हो”, डा अधिकारीले भने।
हाल कलेजको पूर्वाधार विकासका लागि रु दुई अर्बभन्दा बढी लगानी भइसकेको बताइएको छ । हाल कलेजको सेयर सदस्य दुई हजार ४०० नाघेको छ ।

निर्देशक डा अधिकारीले सर्वोच्च अदालतले अस्पताल परिसरमा आमरण अनशन बस्न नपाइने आदेश दिएको छ तर खै यसको कार्यान्वयन भएको भनी प्रश्न गरे। उनले अराजक प्रवृत्तिले देशलाई कङ्गाल बनाउँछ भन्दै समृद्ध नयाँ नेपाल निर्माणका लागि एकार्कालाई दोष देखाउनुभन्दा सबै सिर्जनात्मक बन्नुपर्छ भने ।

उनले कानुन र विधिको शासन स्थापना लगायत माग राख्दै कलेजका तर्फबाट एक चिकित्सक र एक अर्थशास्त्री आगामी साउनमा आमरण अनशन बस्ने तयारी भइरहेको जानकारी दिए। – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *