नेपालमा नसर्ने रोगको प्रकोप उकालो चढ्दै

ncd3

काठमाडौँ, २७ असार –  नेपालमा सरुवा रोगको प्रकोप विस्तारै कम भइरहेका नसर्ने रोगको जोखिम भने भयावह ढंगले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । भयावह रुपमा बढ्दै गएका रोगहरुमा मुटुरोग, क्यान्सर, मधुमेह लगायतका छन् ।

राजधानीमा सोमबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सोमबार आयोजना गरेको क्यान्सर नियन्त्रण र नसर्ने रोगको नियन्त्रण र रोकथाम’ विषयक कार्यक्रममा चिकित्सकहरुले सो जानकारी दिएका हुन् । उनीहरुले अस्वस्थकर खानपान, रहनसहन र प्रदुशित वातावरणीय प्रभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको दावी गरे ।

कार्यक्रममा बोल्दै नेपाल एनसीडी एलाइन्सका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले हाल नेपालमा हुने मृत्युको ठूलो कारण नसर्ने रोग भएको बताउदै खाना, पोषण र शारीरिक क्रियाकलापको कमीका कारण यस्ता रोगको खतरा बढ्दै गएको दावि गरे । उनले क्यान्सर रोगथामका लागि रोकथामका लागि खाना र व्यायामको महत्वबारेमा जनचेतना जगाउन आवश्यक भएको औल्याए ।

ncd1

क्यान्सर अस्पतालका एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपानेले सुर्तीजन्य पदार्थको सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी ढुसी परेको र अखाद्य रङ मिसाएको खाना, कीटनाशक तथा पोलेर डढेको माछामासु आदिको सेवनबाट अर्बुद रोगका बिरामी बढ्दै गएको बताए । उनले भने, “हरियो ताजा सागपात र फलफूल नियमित प्रयोगले अन्य रोगका साथै क्यान्सरबाट सुरक्षित राख्ने भए पनि यसको प्रयोग कमै मानिसले मात्र गर्ने भएकाले नसर्ने रोगको प्रकोपलाई बढाएको छ ।”

उनका अनुसार अर्बुद रोग थुप्रै किसिम र प्रकृतिको भए पनि धेरै रोग असन्तुलित खाना, नियमित परिश्रमको कमी, प्रदूषणयुक्त वातावरणको असर तथा मानिसको जीवनशैलीका कारण हुने गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले अस्पतालमा क्यान्सरका विरामीको चाप थेगिनसक्नु गरि बढेको बताए । उनले विरामीको चाप अनुसार अत्याधुनिक उपकरण तथा जनशक्ति नभएको स्विकार्दै आगामी दिनमा सो समस्या हटाउने बताए । उनले भारतका विभिन्न भागबाट यो बर्ष ४७८ जनाले क्यान्सर रोगको उपचार सेवा लिएको तथ्यांक प्रस्तुत गरे ।

ncd2

अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले हाल नेपालमा करिब ५० हजार बढी मानिस क्यान्सर रोगी भएको भन्दै जनचेतनाको अति आवश्यक भएको बताए ।

उनले ८० प्रतिशत क्यान्सर रोगीहरु अन्तिम अवस्थामा परीक्षणका लागि आउने हुँनाले मृत्युदर बढी भएको बताए । कसैलाई थाहै छैन्, आएर चेक गराउदाँ अन्तिम अवस्थामा पुगेका क्यान्सर भेटिन्छ । जसले ज्यान बच्ने सम्भावना समेत कम हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *