आयुर्वेद स्वास्थ्य शिविरबाट छसय लाभान्वित

0
Shares

महोत्तरी, २० असार –  महोत्तरी जिल्लाको मझौरा विसनपुर गाविसमा आइतबार आयुर्वेद स्वास्थ्य शिविरबाट ६०० स्थानीय लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा सञ्चालित ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट मझौरा विसनपुरसहित वरपरका गाविसका ५९० जना लाभान्वित भएको केन्द्रका प्रमुख डा सुवोध मिश्रले बताए।

सो शिविरमा उदररोग, अम्लपित, स्त्रीरोग, आँखारोग, बाथरोग, दम, रुघाखोकी, ज्वरोलगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको डा मिश्रले जानकारी दिए ।

शिविरमा आयुर्वेद निरीक्षक जीतेन्द्रप्रसाद सिंह, जीतेन्द्र झा र नरेश महतोले बिरामीको उपचार तथा औषधि वितरणमा सहयोग गरेका थिए ।

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ का सांसद रामदयाल मण्डलले गरेका थिए ।-  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *