पत्रकार आचार्यको उपचारमा सहयोग

काठमाडौँ, १२ असार – रौतहटका रासस संवाददाता नरहरि आचार्यको उपचारार्थ नेपाल प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाइँले आफ्नो भत्ताबापत आएको रु पन्ध्र हजार रकम सहयोग गरेका छन्।

यस्तै, नेपाल टेलिभिजनका सिनियर क्यामरापर्सन वसन्त रुपाखेतीले पनि रु १० हजार आचार्यलाई सहयोग गरेका छन्। उनले आज नर्भिक अस्पातलमा पुगेर उनको स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम सहयोग गरेका हुन् ।

गत जेठ ३० गते निजगढबाट मोटरसाइकलमा चन्द्रपुरस्थित घर जाने क्रममा पछाडिबाट आएको टाटा सुमोले ठक्कर दिँदा श्रीमती र छोरीसहित उहाँ गम्भीर घाइते भएका थिए।

उनकी श्रीमती प्रमिला भण्डारीको उपचारको क्रममा गत असार ५ गते हेर्टौँडास्थित चुरेहिल अस्पतालमा निधन भइसकेको छ । उनको दाहिने खुट्टा चल्दैन भने । छोरीको टाउकोमा गम्भीर चोट लागेको छ । हेटौँडामा उपचार हुन नसकेपछि उहाँ र उहाँकी छोरी प्रशसालाई थप उपचारका लागि असार ९ गते काठमाडौँ पठाइएकोे थियो ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहेका उनलेअस्पतालको सेवाप्रति गुनासो गरेका छन् । अस्पतालको सेवा छिटोछरिटो नरहेको र हिँड्न नसक्ने बिरामीलाई ह्विलचियर उपलब्ध नगराइएको उनको गुनासो छ ।

उनले आफ्नो उपचारमा सहयोग गर्न सरकारसँग अनुरोध पनि गरेका छन् । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आचार्यको सहयोगका लागि सरकारसमक्ष अनुरोध र पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “प्रेस काउन्सिलको तर्फबाट पनि उपयुक्त सहयोगका लागि छिटै नै पहल गर्नेछुु । उहाँलाई सबैको सहयोगको खाँचो छ । सबै मिलेर यो दुखद् घडीमा उहाँलाई सहयोग गरौँ ।”

सदस्य चौलागाइँले आफू काउन्सिलमा रहदाँसम्म पाउने भत्ता देशभरका दुःख पाएका पत्रकारको सहयोगमा खर्च गर्नेबताए ।

पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले विभिन्न दुर्घटनामा परी घाइते हुने पत्रकारलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *