प्रोस्टेट क्यान्सर भएको कसरी थाहा पाउने ? यी हुन् सुरुवाती लक्षण
‘पुरुष ग्रन्थि’भनिने पुरुष प्रजनन् प्रणालीको एउटा महत्वपूर्ण अंग हो– प्रोस्टेट। नेपालमा पुरुषको आयु लम्बिंदै गएका कारण ४० वर्षको उमेर कटेपछि देखिने प्रोस्टेटको समस्या बढ्ने अनुमान छ।
सुपारी आकारको प्रोस्टेट मूत्रथैली मुन्तिरको भागमा चारैतिर बेरिएर रहेको हुन्छ। उमेरसँगै बढ्न सक्ने प्रोस्टेट ग्रन्थिको तौल सामान्यतः २० देखि २५ ग्रामको हुन्छ ।
प्रोस्टेट क्यान्सरका बिरामी ६५ वर्ष नाघेका पुरुषमा हुने गरेका पाइन्छ । प्रोस्टेट क्यान्सरलाई ‘साइलेन्ट किलर’समेत भनिन्छ । यो क्यान्सर पुरुषको प्रोस्टेट ग्रन्थीमा हुन्छ । जसले वीर्य उत्पादन गर्न मद्दत गर्छ ।
लक्षणहरु :
पिसाब फेर्न बल लगाउनुपर्ने हुनु।
पिसाब फेर्दा ढिलो पिसाब आउनु र पिसाब गर्दा पीडा हुनु।
पिसाब चुहिनु, थोपाथोपा झर्नु।
पिसाब खुल्ने, रोकिने क्रम पटक – पटक हुनु।
पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु।
रातीमा धेरैपटक पिसाब लाग्नु।
आकस्मिक रूपमा पिसाब लाग्नुरकेही क्षण पनि रोक्न नसक्नु।
पिसाब पोल्नुरदुख्नु।
पिसाबमा रगत देखिनु।
कम्मरको तल्लो भागमा कम्मर दुख्नु ।
मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु।
लिंग र स्खलनमा समस्या हुनु ।
आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु ।