मर्मतका लागि रकम अभाबका कारण एम्बुलेन्स स्वास्थ्य कार्यालयलाई नै वुझाइने

ambulance2

तनहुँ, ९ असार – जिल्लाको थर्पु स्वास्थ्यचौकीको एम्बुलेन्स जिल्ला स्वास्थ्य कार्यालयलाई नै बुझाउने गरी बुधबार निर्णय गरिएको छ ।

सो स्वास्थ्यचौकीको बुधबार बसेको व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स पटकपटक बिग्रिएको र दुर्घटनासमेत भएको हुँदा त्यसको मर्मतका लागि कुनै रकम नभएका कारण एम्बुलेन्स स्वास्थ्य कार्यालयलाई नै बुझाइदिने निर्णय गरेको थर्पु स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द खनालले बताए ।

बिग्रिएको एम्बुलेन्स मर्मतका लागि कुनै आर्थिक स्रोत नभएको र त्यसै थन्काएर राख्नुभन्दा बरु जिल्ला स्वास्थ्य कार्यालयलाई नै बुझाई दिए केही काम लाग्छ कि भनेर यस्तो निर्णय गरिएको उहाँले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०६६ सालको मङ्सिरमा थर्पु स्वास्थ्यचौकीलाई सो एम्बुलेन्स उपलब्ध गराएको थियो । पृथ्वी राजमार्गमै रहेको थर्पु स्वास्थ्यचौकीको उक्त एम्बुलेन्सले राजमार्गमा भएका सवारी दुर्घटनाका घाइतेलाई अस्पताल लैजान निकै सहयोग पुगेको थियो । तर एम्बुलेन्स पटक–पटक बिग्रिएको र मर्मतका लागि कसैले पनि चासो नदिएका कारण एम्बुलेन्स हाल सञ्चालन नभई त्यसै थन्किएको छ ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *