दुई औषधि पसल र एक भेटेरिनरी बन्द

medicine

चितवन ९ असार – अनुमति नलिई सञ्चालन गरिएका चितवनका दुई औषधि पसल र एक भेटिरिनरी कन्सल्टेन्सीलाई चितवन प्रशासनले बन्द गराएको छ ।

अनुगमनका क्रममा नियमविपरीत सञ्चालन गरेको पाइए पछि रत्ननगरस्थित क्षितिज डेन्टल केयर र चित्रसेन हेल्थ क्लिनिकलाई बन्द गराइएको जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिए ।

अनुमगनका क्रममा रत्ननगरमा अनुमति बेगर पशुपक्षीको प्रयोगशाला सञ्चालन गर्दै आएको नेपाल भेटेरिनरी कन्सल्टेन्सीलाई समेत बन्द गराइएको उनले बताए । यस्तै अन्य चार औषधि पसलमा अर्कै मान्छे राखेर सञ्चालन गरेको पाइएपछि तत्काललाई स्पष्टीकरण सोधिएको र कानुन विपरीत भए कारबाही हुने चितवन प्रशासनले जनाएको छ ।

यसैबीच, मङ्गलबार रत्ननगरका औषधि पसल, किराना तथा होटल गरी एक दर्जन स्थानमा अनुमगन गरिएको थियो । अनुमगनमा जिल्ला जनस्वास्थ्य कार्यालय र खाद्य निरीक्षण एकाइ चितवनको पनि सहभािगता थियो ।

सो अनुगमनमा दुई वटा मिठाई पसलमा अखाद्य पदार्थ भेटिएकाले उनीहरुलाई पत्र काटिएको जिल्ला खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिए। यसरी बोलाइएकामा शुभकामना स्वीट एण्ड चार्ट हाउस र हाम्रो होटल स्वीट एण्ड चार्ट हाउस रहेको देउजाले जानकारी दिए ।

खाद्य ऐनविपरीत गरेको पाइएमा रु १० हजार जरिवाना र दुई वर्ष जेल अथवा दुवै सजाय हुने व्यवस्था छ । चितवन प्रशासनले पछिल्लो समय जिल्लामा अनुगमनलाई तीब्रता दिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *