योगले समाजलाई सकारात्मक बाटोतर्फ लैजाने : मन्त्री पोखरेल

 

yoga1काठमाडौँ, ७ असार – आनन्द मार्ग प्रचारक सङ्घ र श्री पशुपतिनाथ सेवक सङ्घद्धारा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पशुपति परिसर बनकालीमा आयोजना गरेको पञ्च दिवसिय योग महोत्वसको उद्घाटन समारोहमा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले  योगले संसारबाट हत्या, हिंसा र आततायीबाट मुक्त गरी सिङ्गो समाजलाई सकारात्मक बाटोतर्फ लैजाने प्रेरित गर्न मद्दत गर्ने बताए ।

मन्त्री पोखरेलले नेपालको हिमवत्खण्डबाट भगवान् शिवले योगको सुरुवात गरेको चर्चा गर्दै उनले शान्ति, समुन्नत समाजको विकासका लागि योग अभ्यास जरुरी छ भने ।

।उनले देशमा धर्म निरपेक्षता घोषणा गरिएको भए तापनि नेपाल विश्वको हिन्दू र बौद्ध दर्शनको उद्गमस्थल भएको र योगको अभ्यास यी दुबै धर्ममा प्रयोग गरी समाजलाई सही बाटोमा लैजाने प्रयास गरेको बताए ।

महोत्वसको उद्घाटन समारोहमा डा. भोला रिजाल साथमा अन्य देशमा नागरिकहरुको उपस्थिति रहेको थियो।

पाँच दिनसम्म चल्ने महोत्सवमा सुमार्गी भवन पशुपति प्राङ्गणमा हुनेछ । महोत्सवमा योग अभ्यास खासगरी नेपाल र भारतका योग गुरुहरुले गराउनु हुनेछ । महोत्सवमा योगको सैद्धान्तिक र व्यावहारिक महत्वका बारेमा जानकारी दिइन्छ ।   रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *