चितवन थालेसिमियाका बिरामीको निःशुल्क उपचार
चितवन, ७ असार – भरतपुर अस्पतालले थालेसिमिया मा रगतको गडबडीबाट हुने रोग० का ५२ बिरामीलाई निःशुल्क उपचार दिन थालेको छ ।
भरतपुर अस्पताल विकास समितिले आफ्नै खर्चमा निःशुल्क सेवा दिन थालेको हो । थालेसिमियाका बिरामी १५/१५ दिनमा उपचारका लागि अस्पताल आउनुपर्छ । अस्पतालले प्रतिपोका रु ८५० पर्ने रगत महिनामा दुई पोकाका दरले उपलब्ध गराउँदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख नारायण सापकोटाले जानकारी दिए ।
बिरामीलाई औषधि पनि निःशुल्क रूपमा नै वितरण गर्ने गरिएको छ । बिरामीलाई परिचयपत्र दिइएको र सोही आधारमा सेवा पाउने छन् । अस्पतालले थालेसिमियाका बिरामीलाई चढाएको रगतको पैसा ब्लड बैंक भरतपुरलाई दिने गरिएको छ । “वार्षिक रुपमा करिब रु पाँच लाख रकम खर्च हुन्छ” – अस्पतालका सहायक लेखापाल कृष्ण शर्माले जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बोनम्यारो ट्रान्सप्लान्ट यस रोगको अन्तिम उपचारको विकल्प हो, तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र बिरामीलाई विदेशमा गर्न महँंगो भएकाले वैकल्पिक रूपमा मासिक रगत हाल्नुपर्ने हुन्छ भने। अस्पतालमा एक वर्षको शिशुदेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले हेमोग्लोबिन बनाउने क्रोमोजोममा हुने गडबडीबाट यस्तो समस्या आउने बताए । – रासस