झाडापखालाबाट कसरी बच्ने ? अपनाउनुहोस् यी घरेलु उपाय

paediatric-constipation-causes-contraceptive-pill-20101

तीनपटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ । झाडापखाला हुँदा दिनभरि दिसा लाग्छ, दिसाबाट पातलो पानी जस्तो तरल पदार्थ बग्दछ । यसले मानिसलाई हैरानी बनाउँदछ ।

झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा पनि देखिएको छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउनका लागि खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गर्नुपर्छ ।

जीवनजलको पानी सकेसम्म पिउने । खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ । झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ ।

लौकाको तरकारी अथवा दहि फिटेर खाने । जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने । काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउ खानुपर्दछ ।

पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने । पेटलाई तातो कपडाले छोपेर राख्ने । खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने । हातको नङहरु समय समयमा काट्नु पर्छ  ।

घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने गरेमा फाइदा हुन्छ ।

दिसा पिसाबलाई रोकेर नराख्ने । कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो,  बासि र सडेगलेका खाने कुराहरु नखाने, तरकारीहरु पखालेर वा काँचो तरकारीलाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ । त्यस्तै स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक पटक स्तनपान गराउने र झाडापखाला हुँदा साबिकमा जस्तै खानेकुरा खाने र खु वाउने गर्नुपर्छ ।

यसका साथै झाडापखाला लागेका बेलामा पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने, फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने, अमिलो अचार, आलु, भान्टा कोभी को सेवन नगर्ने , सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने, झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुराको सेवन नगर्नु राम्रो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *