रगत सफा राख्न के गर्ने ? अपनाउनुहोस् यी घरेलु उपाय

लसुन :

lasun

लसुन स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । यसले प्राकृतिक रुपमा रगतलाई सफा गरी रगतमा भएका विकारलाई फाल्न मद्दत गर्छ । त्यसैगरी यसले पेटको समस्या, रुघाखोकी, घाँटीको समस्या, श्वासप्रश्वासको समस्याबाट आराम दिन्छ । यसले अनुहार तथा छालाका समस्याबाट पनि छुटकारा दिन्छ । यसमा साइटोकेमिकल्स हुन्छ जुन फोक्सो सफा गर्न पनि लाभदायक छ । त्यसगरी यसले रगतमा भएको बोसो पगाल्नुका साथै रक्तचापलाई सन्तुलनमा राख्न समेत मद्दत गर्छ । विहान खाली पेटमा करिब तीन पोटी लसुन मन तातो पानीसित खाने गर्नाले रगत सफा हुनुका साथै एसिडिटीबाट छुट्कारा पाउनु मद्दत मिल्छ ।

कागती :

lemonकागतीमा सिट्रिक एसिड पाइनुका साथै अल्कालिनको तत्व पाइन्छ । यसले तपाईको शरीरमा भएको विकारलाई हटाउन मद्दत गर्छ । यो तपाईको पाचन शक्ति बढाउन पनि लाभदायक छ । तीन चम्चा कागतीलाई मनतातो पानीमा हाल्ने । त्यसमा केही मह मिसाएर खाली पेटमा सेवन गर्नाले शरीरमा भएका बिकार पदार्थ नष्ट गर्न मद्दत गर्छ ।

करेला :

karala

कलेरालाई शरीरमा भएको रगत सफा गर्न उपयुक्त तरकारीको रुपमा लिइन्छ । यसले क्यान्सर, पायल्स जस्ता रोग सित लड्न सहयोग गर्छ । त्यसैगरी सुगर कम गर्न, रगतमा वोसोको मात्रा कम गर्न, छाला सफा गर्न पनि मद्दत गर्छ । यसले हाम्रो पाचन प्रणालीलाई पनि मजबुत बनाउछ ।
अमला :

amla

अमलाले रगत सफा गर्नुका साथै हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउछ । यसले फोक्सो तथा आन्द्रालाई सक्रिय बनाइराख्छ । अमलाको पातदेखि बोट तथा जरासम्म पनि औषधीका रुपमा प्रयोग गर्न सकिन्छ । ४/ ५ ओटा अमलालाई रातभरी पानीमा भिजाएर भोलीपल्ट विहान उक्त अमलालाई पानीमा घोलेर, छान्ने र दुई चम्चा महसित मिसाएर खाने गर्नाले शरीरमा भएका विभिन्न खाले विकार हटाउन मद्दत गर्छ ।

तुलसी :

tulasi ko path

हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले रगत सफा गर्नुका साथै शरीरमा भएका विकार नष्ट गर्न सघाउ पुर्‍याउँछ । यो एन्टीबायोटिकका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *