एक दिनमा कति केरा खानु ठिक ?

banana

केरामा हाम्रो शरीरलाई अत्यावश्यक पौष्टिक तत्व  पाइन्छन् । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषक हुन् ।

यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पुरयाउछ । त्यसैले तौल घटाउने चक्करमा रहेकाले केरा खान सकेसम्म नियन्त्रण गर्नुपर्ने जानकारहरूले सुझाब दिने गरेका छन् । आवश्यकताभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउने उनीहरूको सुझाब छ :

दिनमा कति खाने ?

केरामा क्यालोरीको मात्रा बढी हुन्छ । सुगर र फाइबरको मात्रा पनि पाइन्छ केरामा । फाइबरले पाचनक्रिया सुस्त गरिदिन सक्छ । केरामा पाइने पोषक तत्वले शरीरमा लामो समयसम्म ऊर्जा दिइरहन्छ ।

दिनमा दुईवटाभन्दा धेरै केरा खानु स्वास्थ्यका दृष्टिकोणले उचित नहुने विज्ञहरूको सुझाब छ । केरा खा“दा क्यालोरी अत्यधिक बढ्न सक्ने हुनाले लिमिटमा खानुपर्ने उनीहरूको सुझाब छ । एउटा ठूलो आकारको केरामा लगभग १२० क्लालोरी हुन्छ ।

कुन समय खाने ?

शरीरको ऊर्जा खर्च हुने समय पारेर केरा खानु उत्तम हुन्छ । केरा खाएपछि हार्डवर्क गरिएन भने फाइबर पचाउन गाह्रो पर्छ । एक्सरसाइज गर्नुभन्दा १०–१५ मिनेटअघि या पछि केरा खानु सबैभन्दा उत्तम समय हो । हार्डवर्कका वेला केरामा हुने कार्बोहाइड्रेट्सले शरीरलाई लामो समयसम्म ऊर्जा दिन्छ ।

केराले तौल बढाउँछ ?

क्यालोरी बढ्नेगरी केरा खाइएन भने तौल पनि बढ्दैन । आवश्यकताभन्दा धेरै क्यालोरी बढ्नेगरी खा“दा तौल स्वतः बढ्न जान्छ । स्वास्थ्यका लागि आवश्यक जुनसुकै स्वस्थ आहार पनि मात्राभन्दा बढी खाए तौल बढ्नु स्वभाविक नै हो । यतिमात्रै फरक हो, केराले तौल छिटो बढाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *