दाङमा एक डाक्टर पक्राउ, चिकित्सक संघको आकस्मिक बैठक

काठमाडौँ, ४ असार – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइ बी) ले दाङबाट पनि आज एकजना डाक्टर पक्रेको छ । सिआइबीको निर्देशनमा इलाका प्रहरी कार्यालयले तुलसीपुरस्थित बीआर डेण्टल क्लिनिकमा कार्यरत बिष्णुप्रसाद भुषाललाई पक्रिएको  बताइएको छ ।

यसैबिच नेपाल चिकित्सक संघले आकस्मिक बैठक राखेको छ । चिकित्सक संघका सदस्य, देशभरका सम्पूर्ण स्वास्थ्य संस्था र अस्पतालका निर्देशकलाई आकस्मिक रुपमा बोलाएर बैठक गर्न लागिएको हो ।

सामान्य मानव अधिकारको बेवास्ता गर्दै दबंग शैलीमार्फत कार्यक्षेत्रबाट बिना पुर्जी चिकित्सकहरुलाई समातिएको सम्बन्धमा बैठक गर्न लागिएको हो ।

नेपाल चिकित्सक संघले उठाउनु पर्ने आगामी कदमका विषयमा यो बैठकले निर्धाण गर्नेछ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा दिउसो ३ बजेआकस्मिक बैठकको आयोजना गरिएको डा. मुक्तिराम श्रेष्ठले बताएका छन् ।

bagapti

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *